Comments Add Comment

बुढेसकालको जिन्दगी कटाउन कुन-कुन देश उत्तम ?

Ecuador 1
इक्वेडर

जिन्दगी यति व्यस्त बन्दै गैरहेको छ की अहिलेका युवाहरुले आफ्नो जिन्दगीभर नै काम गरिरहनुपर्ने र सेवानिवृत्त जिवन भनेको भोग्नै नपाउने अवस्था आउनेछ । जागिर पछिको निवृत्त जिवनलाई सुखसयल पूर्वक बिताउन र घर्किँदो उमेरलाई बोझको रुपमा नभै उमंगको रुपमा मनाउन पाउने भाग्यमानीका लागि विश्वको सबैभन्दा उत्तम देश कुन होला ? वास्तवमा व्यक्तिको चाहना, इच्छा तथा क्षमताले उसको निवृत्त जिवन बिताउने ठाउँको निधो गर्छ । एक सर्भेक्षणले निवृत्त जिवन बिताउन सबैभन्दा उत्तम विश्वका उत्कृष्ट २५ देशको सूचि तयार पारेको छ । इन्टरनेसनल लिभिङले तयार पारेको सन् २०१५ मा सेवा निवृत्त जिवन बिताउन सबैभन्दा लायक देशमा दक्षिण अमेरिकी देश इक्वेडर पहिलो नम्बरमा परेको छ ।

दी इकोनोमिस्टको जिवन गुणस्तर सूचकमा ६५ औँ स्थानमा रहेको भएपनि धेरै मानिसले आफ्नो सेवानिवृत्त जिवन इक्वेडरमा बिताउने चाहना व्यक्त गरेको पाइएको छ । इक्वेडरको निकै उत्कृष्ट जलवायु तथा सुलभ स्वास्थ्य सेवाकै कारण यो देश निवृत्तहरुको रोजाइमा परेको हुनुपर्छ ।

दोश्रो स्थानमा पनामा
दोश्रो स्थानमा पनामा

इक्वेडर मात्र होइन सेवा निवृत्तपछिको जिवन बिताउने रोजाइमा परेका उत्कृष्ट ५ देशहरुमध्ये ४ वटा देश दक्षिण अमेरिकी महादेशकै रहेका छन् । बुढेशकाल बिताउन मानिसहरुले जान चाहेका देशहरुको सूचिमा दोश्रो स्थानमा पनामा परेको छ । तेश्रोमा मेक्सिको तथा पाँचौमा कोस्टारिका परेको छ ।

एसियाली मुलुक मलेसिया समेत निवृत्त जिवन बिताउनेहरुको रोजाइमा परेको छ । रिटायर्ड जिवन बिताउनका लागि सबैभन्दा उत्तम ठानिएका देशहरुको सूचिमा मलेसिया चौथो नम्बरमा रहेको छ ।
kuala-lumpur-malaysia-photos-2
उत्कृष्ट दशमा पर्ने अन्य देशहरुमा स्पेन, माल्टा, कोलम्बिया, पोर्चुगल र थाइल्याण्ड रहेका छन् ।  सूचिको ११ औँ नम्बरमा इटाली, बाह्रौँमा उरुग्वे, १३ औँमा बेलीज, चौधौँमा निकारागुवा तथा पन्ध्रौँमा न्युजिल्याण्ड परेका छन् । त्यसपछि ब्राजिल, फ्रान्स, आयरल्याण्ड, होण्डुरस, चिली, डोमिनिक गणतन्त्र तथा ग्वाटेमाला रहेका छन् ।
एसियाली देशहरु फिलिपिन्स २३ औँ, कम्बोडिया २४ औँ तथा भियतनाम २५ औँ स्थानमा रहेका छन् ।

धनी देशहरु मन परेनन्

सेवा निवृत्त भएपछिको जिवन बिताउनका लागि मानिसहरुले धनी देशहरु नरोजेको पाइएको छ । रिटायर्ड जिवन बिताउने रोजाइमा परेका उत्कृष्ट २५ देशको सूचिमा विश्वका सबैभन्दा धनी ५ देशहरु, चीन, अमेरिका, भारत, जापान र जर्मनी कुनैपनि परेका छैनन् । यी देशहरु सन् २०१४ को कुल गाह्स्थ उत्पादनका हिसाबले विश्वका धनी ५ देशहरु हुन् ।

अमेरिका
अमेरिका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment