+
+
Shares

‘जिहादी गतिविधि रोक्न’ सरकारले बन्द गर्यो ३० वेबसाइट

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २२ गते ८:१५

block
सरकारले ३० वटा हाइ प्रोफाइल वेबसाइट बन्द गरिदिएपछि भारतमा तरंग उत्पन्न भएको छ भने प्रयोगकर्ताहरु आक्रोसित बनेका छन् ।

जिहादी गतिविधिको प्रचार रोक्न भन्दै भारतको टेलिकम विभागले ती वेबसाइटहरु बन्द गराएको थियो ।

सरकारले बन्द गराएका वेबसाइटको सूचीमा चर्चित भिडियो साइटदेखि अनलाइन डेभलपरहरुका लागि रिसोर्स सेन्टरका रुपमा काम गर्ने बिशुद्ध प्राबिधिक प्रकृतिका साइट पनि छन् ।

धेरै लोकपि्रय यस्ता साइट बन्द गरिदिएपछि भारतका नेटिजन्सहरुले आक्रोश ब्यक्त गरेका छन् ।

तिब्र दबाबपछि बन्द गरिएका ४ वेबसाइट विब्ली, भिमिओ, डेली मोसन र गिथहब पुनः खुल्ला गरिएको बीबीसीले जनाएको छ ।

सरकारको कानून पालना गरेमा बन्द गरिएका अन्य साइटहरुमाथिको प्रतिबन्ध फुकुवा गरिने सरकारले जनाएको छ । यसरी बन्द हुनेमा अमेरिकाको ‘आर्काइभ डटओआरजी’ जस्तो आर्काइभ साइट पनि परेको छ जसले बिश्वभरका वेबसाइटको भण्डार गर्ने गर्छ ।ji

भारतका सूचना तथा संचार मन्त्रीले एक विज्ञप्तीमा राष्ट्र विरोधी समूहहरुले भारतीय युवाहरुलाई जिहादी गतिविधिमा लाग्न उत्प्रेरित गर्नका लागि सोसल मिडिया साइटहरुको प्रयोग गरेको दाबी गरेका छन् ।

वेबसाइट बन्द गराउने तथा अनलाइन सामाग्रीमाथि चेतावनी जारी गर्ने मामिलामा भारत अग्रस्थानमा आउँछ । सन् २०१२ को अगष्टमा भारतले एकसाथ २ सय ४५वटा वेबसाइट बन्द गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?