Comments Add Comment

सभामुखको मोबाइलमा एसएमएसको वर्षा

२२ पुस, काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई माघ ८ मै संविधान बनाउन एसएमएस र फोनमार्फत् खबरदारी सुरु भएको छ ।

Subash-nembangसंविधानसभाका लागि नागरिक खबरदारी झापाका नामबाट नेम्वाङलाई मोवाइलमा एसएमएस गर्दै संविधान निर्माणमा भएको प्रगतिबारे जनतालाई जानकारी गराउन माग गरिएको छ ।

नेम्वाङलाई पठाइएको म्यासेजमा भनिएको छ -‘आदरणीय सभामुख ज्यू, अन्योलमा कति बस्ने ? संविधान निर्माणको प्रगति हरेक २/२ दिनमा नागरिकलाई सूचित गर्दिनुहोस् ! संविधानका लागि नागरिक खबरदारी झापा ।’

त्यस्तै सभाध्यक्ष नेम्वाङलाई माघ ८ मा संविधान पाउनु आफ्नो अधिकार रहेको भन्दै खबरदारी सन्देश आएको छ । सन्देशमा भनिएको छ-‘नमस्कार, मैले माघ ८ मै संविधान पाउनु मेरो मतको अधिकार हो । पाउँछु नि हैन ?’

नेम्वाङका स्वकीय सचिव शुदर्शन कुइँकेलले दिएको जानकारी अनुसार साउदीमा रहेका एक नेपालीले फोन गरेर नेम्वाङलाई माघ ८ मा जारी हुने नहुने प्रश्न सोधेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment