Comments Add Comment

विराटनगरमा खुल्यो फियाट र स्कोडाको शो-रुम

Skoda-Shoroom
काठमाडौं । पूर्वी नेपालको विराटनगरमा फियाट र स्कोडा गाडीको शो-रुम खुलेको छ । एसके गु्रपले विराटनगरको बरगाँछीस्थित आफ्नो शो-रुमबाट यी गाडीहरु बिक्री वितरण गर्न लागेको हो ।

शो-रुमको मोरङ व्यापार संघका अध्यक्ष एवं सभासद पवनकुमार शारडा, एसके गु्रपका संस्थापक कर्ण रायमाझी र डाक्टर सुमन आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । एसके गु्रप बिस वर्षदेखि अटोमोबाइल क्षेत्रमा कार्यरत अनुभवी र दक्ष उद्योगीद्वय रायमाझी र आचार्यको कम्पनी हो ।
‘स्टाईल र मजबूतीका साथै आफ्नो वितरकहरुसँग सक्दो सहयोगको अपेक्षा राख्ने नेपाली उपभोक्तामाझ यस्ता युरोपियन व्राण्डका गाडी भित्राउन पाउँदा गौरवान्वित भएका छौं’ एसके ग्रुपका रायमाझीले भने ।

Skoda-Shoroom-2

शो-रुमले ‘सर्भिस क्याम्प’ र ‘एक्सचेन्ज इभेन्ट’ नामक सेवामुखी योजनाहरु लिएर बजारमा आएको छ । एसके सर्भिस क्याम्पमार्फत फियाट र स्कोडाका उपभोक्ताहरुले स्पेयर्स पार्टमा विशेष छुट पाउनेछन । यस्तै, एक्सचेन्ज इभेन्टमार्फत उपभोक्ताहरुले आफुले प्रयोग गर्दै आएका कुनै पनि गाडी विराटनगरको टप रिकन्डिसन हाउसहरुबाट सबैभन्दा उचित मुल्याङ्कन गरी नयाँ फियाट वा स्कोडा प्राप्त गर्न सक्नेछन् ।

साथै,  फियाट वा स्कोडाका पुरानो उपभोक्ताहरुले भने आˆनो पुरानो गाडी वापत बिशेष रोयल्टी बोनस पनि पाउन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment