Comments Add Comment

‘बन्दुक र केटीको भरमा फिल्म चल्दैन’ : सुरेन्द्र पौडेल(भिडियो)

सम्पादकबाट निर्देशक बनेका सुरेन्द्र पौडेल हक्की स्वभावका मानिन्छन् । उनले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘आभाष’ शुक्रबारबाट हलमा लाग्दैछ । surendra paudel-director-

‘आभाष’ले काठमाण्डौको अहिलेको जेनेरेशनलाई प्रतिनिधत्व गर्ने उनको तर्क छ । सुरेन्द्रले अनलाइनखबरसँग कुरा गर्दै भने-‘मैले हिजोको जमाना जस्तो बन्दुक र केटीको भरमा चलचित्र चलाउन खोजेको छैन । आजको पुस्तालाई मन पर्ने कथालाई उठान गरेको छु ।’

आफूले बनाएको चलचित्र, चलचित्र क्षेत्रका मानिसका लागि नभएको तर्क उनी गर्छन् । चलचित्र क्षेत्रका मानिसले के भन्छन् भन्ने बारेमा आफूलाई कुनै प्रवाहा नभएको उनले दाबी गरे । सुरेन्द्रले भने-‘ मैले १० लाख भन्दा धेरै दर्शकका लागि चलचित्र बनाएको हुँ । २-४ हजार चलचित्रकर्मीले राम्रो वा नराम्रो भनेर फरक पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment