Comments Add Comment

छोरी बलात्कार गर्नेलाई १८ बर्ष जेल, २ लाख जरिवाना

२२ पुस, काभ्रे । जिल्ला अदालत काभ्रेले छोरी बलात्कार गर्ने एक अभियुक्तलाई १८ बर्ष जेल र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

गत भदौमा काभ्रेको पनौती निवासी कार्की थरकी एक युवतीले आफ्नै बुवाबाट बलात्कृत भएको भन्दै उजुरी गरेकी थिइन् । युवतीको उजुरीमाथि मंगलबार अदालतले सुनुवाइ गरेको हो ।

‘न्यायाधीशले अभियुक्तलाई १८ बर्ष जेल र दुई लाख रुपैयाँ जरिवाना फैसला गर्नुभएको छ,’ पीडित युवतीका तर्फबाट वकालत गरेका अधिवक्ता स्वागत नेपालले अनलाइनखबरसँग भने ।

आफूलाई बुबाले ०६६ सालदेखि बलात्कार गर्दै आएको र हजुरबाले पनि मतियारको काम गरेको युवतीले आरोप लगाएपछि हजुरबाले विष सेवन गरेर आत्महत्या गरेका थिए ।

यो पनि पढ्नुहोस् : बलात्कारको बात लागेपछि हजुरबुवाले विष पीए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment