Comments Add Comment

मलाई राज्यले हेरेन : पुष्कर शाह

बिराटनगर । विश्व साइकल यात्री पुष्कर शाहले आफूले विश्वका १ सय ५० मुलुक साइकलमा यात्रा गरे पनि सरकारले कामको मूल्याङ्कन नगरेको बताएका छन् ।

बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा शाहले भने- दिनभर जोतेको गोरुले साँझ घर फर्केर आएपछि हरियो घाँस नभए पनि सुकेको पराल त आश पक्कै गर्छ । तर, सरकारले कामको मूल्याकन गरी एक थुँगा फूल पनि दिएन ।’

SAMSUNG CAMERA PICTURESशाहको साइकल यात्राका क्रममा उतारेको पुस्तक ‘पुष्कर शाह : संसारलाई साढे पाँच फन्को’ को बजार प्रवर्द्धनका लागि बिराटनगर आएका शाहले यस्तो गुनासो गरेका हुन् ।

वाणी प्रकाशनको पहलमा नेपाल पत्रकार महासंघ मोरङ्गको शाखा कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा शाहले भने- ‘आमासँग एक सय रुपैयाँ मागेर साइकलवाट विश्व भम्रणमा निस्किएको नेपाली नागरिकले विश्वमा नेपाल चिनाउने काम गरें । तर, सरकारले मेरो कामको मूल्यांकन गर्न सकेन ।

उनले १ सय ५० वटा मुलुकको साइकलवाट भ्रमण गर्दा  १ करोड ८४ लाख रुपैयाँ खर्च लागेको बताए ।

उनले भने- ‘मेरो पुस्तकमा रक्सीको प्रयोग गरेको प्रशंग धेरै आएको टिप्पणी हुने गरेको पाएको छु, यदि जीवनमा कसैले रक्सी खाँदैन भने उसले एक कुराको अनुभुति गर्न छोड्ने छ ।’

पत्रकार भेटघाटमा सहलेखक भुपेन्द्र खड्काले चाँडै नै पुस्कर शाहको संसारलाई साँढे पाँच फन्को पुस्तक अंग्रेजीमा पनि प्रकाशन हुन लागेको जानकारी दिए ।

दोलखामा जन्मिएका शाहले ०५५ साल देखि ०६६ सालसम्मको अवधिमा विश्वका विभिन्न देशको भम्रण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment