+
+

डडेल्धुरा आगलागीमा १० करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २३ गते १५:०२

२३ पुस, डडेल्धुरा । डडेल्धुराको बागबजारमा भएको आगलागीबाट १० करोडभन्दा बढीको क्षति भएको छानबिन समितिले जनाएको छ ।

आगलागीबारेको वास्तविकता पत्ता लगाउन र क्षतिको विवरण सङ्कलन गर्न गठित समितिले सार्वजनिक गरेको प्रतिवदेन १० करोड २९ लाख ५० हजार बराबरको धनमान क्षति भएको उल्लेख छ ।

घटनाको वास्तविकता पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको संयोजकत्वमा समिति बनेको थियो । सोवन सिलाई सेन्टरमा विद्युत् सट भएर आगलागी भएको देखाएको छ ।

समितिको प्रतिवेदनअनुसार बागबजारमा छ वटा घर पूर्ण क्षति, चार वटा घरमा आशिंक क्षति पुगेको, २२ वटा पसलको मालसामान पूर्ण रुपमा जलेर नष्ट भएको र १७ वटा पसलमा आंशिक क्षति पुगेको छ । पसलहरुमा छ करोड ५२ लाख ३३ हजार ७४८ बराबरको क्षति भएको छ भने घरहरुमा दुई करोड ३१ लाख ६९ हजार ३३८ बराबरको क्षति भएको छ ।

प्रतिवेदनलाई राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा पठाइने स्थानीय प्रशासनले जनाएको छ ।

पीडितलाई २० हजार दिने निर्णय

आगलागी पीडितहरुलाई तत्काल प्रतिपरिवार २० हजार उपलब्ध गराउने प्रशासनले बुधबार निर्णय गरेको छ ।

प्रशासनको पहलमा जिल्लामा बसेको सर्वपक्षीय बैठकले केहीदिनभित्र पीडितहरुलाई तत्काल प्रतिपरिवार २० हजार उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?