Comments Add Comment

महिना दिनभित्र बीमा कम्पनीले ‘कृषि शाखा’ खोल्नुपर्ने

beema
पुष्प दुलाल

२५ पुस काठमाडौं । निर्जीबन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले एक महिनाभित्र कृषि बीमाको कारोबार गर्ने छुट्टै शाखा खोल्नुपर्ने भएको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बिहीबार परिपत्र जारी गर्दै माघ २४ गतेभित्र यस्तो शाखा खोल्न निर्देशन दिएको हो । हाल १७ वटा निर्जीबन बीमा कम्पनी सञ्चालनमा छन ।

कृषि बीमा कार्यक्रमलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषि बीमा शाखा खोल्न निर्देशन दिएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

प्रत्येक कृषि शाखामा एकजना कृषि प्राविधिक रहनुपर्ने परिपत्रमा उल्लेख छ । परिपत्रसँगै सबै प्रकारका कृषि उत्पादनको बीमा गर्न सजिलो हुने पौडेलले बताए ।

Bima-Samiti

सरकारले चालू आर्थिक वर्षदेखि कृषि बीमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिसकेको छ । तर, बीमा कम्पनीहरु शहर केन्द्रित हुँदा कृषि बीमा बढ्न सकिरहेको छैन । कृषि बीमालाई प्रभावकारीब नाउन समितिले कृषि शाखा स्थापना गर्न निर्देशन दिएको हो ।

बीमा कम्पनीलाई प्रोत्साहनस्वरुप यस्तो शाखा स्थापना गर्दा लाग्ने खर्चलाई व्यवस्थापन खर्चमा गणना नगर्ने व्यवस्था गरिएको छ । खासगरी बीमाको पहुँच नपुगेका दुर्गम क्षेत्रमाा यस्तो शाखा खोल्न प्रोत्साहन गरिने निर्देशक पाैडेलले बताए ।

यसअघि समितिले ल्याएको ‘बीमकको सुशासनसम्बन्धी निर्देशिका २०६८’ मा कुल बीमा शुल्कको १.५ प्रतिशतभन्दा बढी व्यवस्थापन खर्च गर्न नहुने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment