+
+

फोनिज अध्यक्ष गुरुङलाई जनजाति पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २६ गते ९:२२

२६ पुस, काठमाडौं । भद्रकुमारी घले जनजाति पुरस्कारबाट नेपाल आदिवासी जनजाति पत्रकार महासंघ -फोनिज) का अध्यक्ष डण्ड गुरुङ सम्मानित भएका छन् ।

भद्रकुमारी घले सेवा सदनको १०औं वाषिर्कोत्सवको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा गुरुङलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गुरुङलाई सम्मानपत्र र नगद पुरस्कारले सम्मान गरेका थिए ।

गुरुङले नेपाली सञ्चार माध्यममार्फत् आदिवासी जनजातिको हितमा पुर्‍याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको हो । गुरुङ एबीसी टेलिभिजनका समाचार संयोजक तथा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष समेत हुन् ।

त्यस्तै, जनजाति पुरस्कारबाट पुरस्कृत हुनुहुनेमा युवराज गुरुङ, रुपबहादुर गुरुङ, नरेन्द्र गुरुङ, नवराज सुब्बा छन् ।

सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार मदनमणि दीक्षितलाई शताब्दी साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै भद्रकुमारी घले अग्रज पञ्च पुरुष अभिनन्दनबाट पूर्वजर्नेल लोकबहादुर घले, जगदीश खड्का, डा. शेखर गुरुङ, सुप्सेन ओली र लालकाजी गुरुङ सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?