+
+
Shares

दीपिकाको हात माग्न उनकै घर पुगे रणवीर

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २७ गते १०:१४

ranveersingh-deepika-ramleelaरणवीर कपुर र कट्रिना कैफले सुटुक्क इंगेजमेन्ट गरेको खवर सार्वजनिक भइरहँदा बलिउडको अर्को चर्चित जोडीले पनि सम्बन्धलाई औपचारिकता दिने तरखर गर्दै छ ।

रणवीर कपुरकी पूर्व प्रेमिका दीपिका यतिबेला रणवीर सिंहसँगको सम्बन्धलाई औपचारिकता दिने अन्तिम तयारीमा छिन् ।

फिल्म रामलीलापछि प्रेमलिलामा मस्त रहेको यो जोडीले हालै दुवैतर्फका अभिभावकबाट स्वीकृति लिएको बताइएको छ । रणवीरले दीपिकाको घर बैंगलोर पुगेरै उनका बाबुआमासँग कुरा गरेर मन जितेका छन् ।

भारतीय अनलाइन बलिउड मन्त्रका अनुसार दीपिकाको जन्मदिनको अबसर पारेर रणवीर सिंहले हालै उनको घरमै पुगेर बाबुआमासँग हात मागेका छन् ।

रणवीर केही दिन पहिले दीपिकाको परिवारसँग माल्दिभ्समा देखिएका थिए । त्यसपछि उनीहरु दीपिकाको जन्मदिन मनाउन बैंगलोर पुगेका थिए । त्यहाँ उनी दीपिकाकी आमा र बहिनीसँग मलमा सपिङ गरिरहेको अबस्थामा देखिएका थिए ।

झण्डै एक बर्षदेखि डेट गरिरहेको यो जोडीले आफ्नो सम्बन्धबारे इन्कार गर्दै आएको छ । दीपिकाले रणवीरलाई आफ्नो असल साथी भएको बताउँदै थप बताउन इन्कार गर्दै आएकी छिन् । उनीहरु निकट सूत्रले भने यो जोडी सन् २०१५ मा बिबाह बन्धनमा बाँधिन लागेको दावी गरिरहेको छ ।

ranveer-deepika5त्यसो भएको खण्डमा यो बर्ष रणवीर-कटि्रना र रणवीर-दीपिका गरी दुई चर्चित जोडी बैबाहिक जीवनमा प्रवेश गर्नेछन् ।
रणवीर कपुर र दीपिका कुनै बेलाका प्रेमी प्रेमिका हुन् । ब्रेकअप पछि पनि उनीहरुले दुईवटा फिल्ममा सँगै काम गरेका छन् ।

यी पनि पढ्नुहोस्

रणवीर र कट्रिनाको लण्डनमा इंगेजमेन्ट !
२९ पुगिन दीपिका पादुकोण, जान्नुहोस् उनका १० रहस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?