मुम्बई । कुनै पनि फिल्म सफल भएपछि उक्त फिल्मको विविध पक्षका विषयमा लेखाजोखा सुरु हुन्छ । फिल्म राम्रो भएर पनि ब्यापार किन राम्रो भएन भन्नेमा समेत समिक्षकहरु केन्दि्रत हुन थालेका छन् ।
प्रायः भारतीय फिल्मको अन्त्य सुखद हुन्छ । फिल्ममा उपस्थित पात्रहरुले जति नै दुःख पाएपनि फिल्म सकिंदा ती पात्रलाई सुखि बनाएर छाड्ने चलन छ । तर, केही यस्ता फिल्म पनि छन । जसको क्लाइमेक्स आम भारतीय फिल्मको भन्दा निकै फरक छ । ‘टाइम्स अफ इण्डिया’ले क्लाइमेक्स फरक भएको फिल्मको वारेमा गरेको लेखाजोखा यस्तो छ-
राम-लीला
सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘राम-लीला’ सेक्सपियरको कृति रोमियो जुलियटवाट प्रभावित छ । रणबीर सिंह र दीपिका पादुकोणको मुख्य भुमिका रहेको यस फिल्ममा युद्धरत परिवारका सदस्यविचकोे प्रेमकथा प्रस्तुत गरिएको छ ।
दुई परिवारको दुश्मनी हुँदा हुँदै पनि उनीहरुका सन्तान राम र लीलाविच प्रेम भएपछि फिल्मको अत्य सुखद होला भन्ने लाग्छ धेरै दर्शकलाई ।
तर, निर्देशक भन्साली आम हिन्दी फिल्मको फुर्मला भन्दा पर छन् । यस फिल्ममा प्रेमी प्रेमीकाले बिबाह गरेर दुई परिवारविच सम्बन्ध सुमधुर बनाउने अवसर पाउँदैनन् । उल्टै आफै मारिन्छन् ।
आशीकी -२
श्रद्धा कपुर (आरोही) र आदित्य राय -राहुल) अभिनित ‘आशिकी-२’ सन २०१३ मा प्रदर्शन भएको मध्ये सबै भन्दा राम्रो ब्यापार गर्ने फिल्मको रुपमा चिन्निन्छ । सन् १९९० मा दशकमा प्रदर्शन भएको आशिकी कै सिक्वल भनिएको थियो यस चलचित्रलाई ।
मुख्य भुमिका निर्वाह गरेका राहुल र आरोहि एक अर्काको प्र्रेममा पागल हुन्छन् । आरोहीलाई पाउने सर्तमा करिअरको बलिदान दिन पनि तयार हुन्छन् राहुल । रक्सीमा डुबेका राहुल अन्तमा आरोहीकै लागि भन्दै संागीतिक दुनियाँ छाड्न तयार हुन्छन् ।
जब आरोही चर्चित हुँदै जान्छे राहुललाई खपीसक्नु हुन्न । जुन कुरा दर्शकले अनुमान गरेभन्दा निकै फरक लाग्छ । राहुल आरोहीको जीवनमा बोझ बन्न नचाहेको र राहुलको आत्महत्याको प्रसंगले पनि फिल्मलाई रोचक बनाएको छ ।
काइ पो चे
चेतन भगतको उपन्यास ‘थ्री मिष्टेक अफ माइ लाइफ’ मा आधारित रहेर निर्माण गएकिो काइ पो चे शुसान्त राजपुतको पहिलो बलिउड फिल्म हो । तीनजना साथीहरुको दोस्तीको कथा रहेको यस फिल्ममा प्रेम, विश्वासघात, रिस, सम्बन्ध र भावना जस्ता प्रसंगलाई अलग ढंगमा ब्याख्या गरिएको छ ।
हम दिल दे चुके सनम
सञ्जयलीला भन्सालीको महत्वकाँक्षी फिल्म थियो ‘हम दिल दे चुके सनम’ । सलमान खान, अजय देबगण र ऐश्वर्या रायको मुख्य भुमिका रहेको यस फिल्ममा ऐश्वर्या रायले दुबैको प्रेमीकाको भुमिका निर्वाह गरेकी छिन् ।
बक्स अफिसमा हिट भएको यस फिल्ममा ऐश्वर्याको सौन्दर्यको पनि निकै तारिफ भएको थियो । फिल्ममा ऐश्वर्यासंग प्रेम गरेकै कारण परिवारले अपमानजन्य ब्यबहार गरेपछि युरोप पुग्छन् सलमान खान ।
यता अजय देबगण र ऐश्वर्याको बिबाह हुन्छ । अजयले पछि मात्रै थाह पाउछन् ऐश्वर्याको सलमानसंग प्रेम भएको कुरा । हनिमुनको बहानामा ऐश्वर्यालाई युरोप घुमाउन लिएर हिंडेका अजय देबगणले ऐश्वर्या र सलमान विच भेट गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन्छन् ।
दर्शकहरुलाइ लाग्छ अब अजयले ऐश्वर्याको जिम्मा सलमानलाई लगाएर फर्किन्छन् तर, फिल्मको अन्त्य त्यस्तो छैन ।
न्यु योर्क
कटि्रना कैफ, जोन अब्राहम र नील नितिन मुकेशले अभिनय गरेको न्युयोर्कमा कबिर खानको निर्देशन रहेको छ । आतंंकवादसंग सम्बन्धित विषयमा बनेको यस फिल्ममा पनि परम्परागत भन्दा भिन्न शैलीको क्लाइमेक्स रहेको छ ।
अर्को फिल्म ‘पान सिंह तमोर’ ले पनि राम्रै प्रभाव छाड्यो । इरफान खानले मुख्य भुमिका निर्वाह गरेको यस फिल्ममा सामान्य प्रेमकथा तर, गम्भिर प्रस्तुति रहेको छ । यसको कथासार नै भिन्न रहेकाले पनि यो फिल्मले धेरै महत्व पायो ।
‘एक मैन और एक तु’ शकुन बत्राको पहिलो फिल्म हो । जहा करिना कपुर र इमारान खानले मुख्य भुमिका निर्वाह गरेका छन् ।
सधै एउटै फर्मूलाको फिल्म हेर्दा हैरान भएका दर्शकले फरक क्लाइमेक्स भएका यस्ता सिनेमा रुचाएका छन् । यसले सिनेमालाई सीर्जनशीलमात्र बनाएको छैन, दर्शकले अब यस्तो हुन्छ भनेर सहजै कथाको अनुमान गर्नसक्ने अबस्था पनि रहन्न ।
प्रतिक्रिया 4