+
+
Shares

आयो दाँत माझ्ने स्मार्ट ब्रस

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २८ गते ८:३३

virtual-dentist 1
अब मोबाइल र लगाउने पहिरनमात्र स्मार्ट रहेनन् । ‘इन्टरनेट अफ अल थिङ्स’को अबधारणाअनुसार दैनिक प्रयोग हुने सवैजसो सामाग्र विस्तारै स्मार्ट बन्दैछन् ।

यो बर्ष स्मार्ट पहिरनमा कम्पनीहरुवीच कडा प्रतिस्पर्धा हुँदै छ भने याहु, गुगल, एप्पल र शाओमीजस्ता प्रबिधि हस्तीहरुले स्मार्ट घरको बिकाशका लागि मेहेनत गरिरहेका छन् ।

यसैक्रममा यसै साता सम्पन्न कन्जुमर इलेक्ट्रोनिक सो मा दाँत माझ्ने स्मार्ट ब्रस आर्कषणको केन्द्र बन्यो । कोलिब्री कम्पनीले उत्पादन गरेको यस्तो इलेक्ट्रोनिक ब्रस धेरै सन्र्दभमा आश्चर्यजनक र अदभूत छ ।

यो ब्रस ब्लुटुथमार्फत् तपाईंको मोबाइलमा जोडिन्छ । कनेक्टेड ब्रसले दाँत माझ्दा तपाईले कहाँ प्रयोग गरिरहनुभएको छ जानकारी रियलटाइम स्त्रिmनमा हेर्न सक्नुहुन्छ ।
DSCF3409_verge_super_wide
राम्रोसँग बैज्ञानिक तरिकाले ब्रस गर्ने बानी बसाउन यसमा एउटा गेमको बिकाश गरिएको छ । यदि तपाईले कुनै ठाउँमा ब्रस गर्न छुटाउनुभयो भने स्त्रिmनमा तत्कालै त्यसको जानकारी आउँछ । तपाईंले राम्रोसँग ब्रस गर्नुभएको छ भने स्त्रिmनमा सुनौलो रङ देखिने छ ।

प्रायः बच्चाले ब्रस गर्न नमान्ने र राम्रोसँग ब्रस नहुने समस्या रहेको भन्दै कोलिब्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत थोमस सर्भलले भने- यो ब्रसमार्फत् खेल खेल्दै बच्चाले आनन्दसँग ब्रस गर्न सक्नेछन, अब उनीहरुका लागि ब्रस गर्नु आनन्दको बिषय हुने छ ।’

२ सय अमेरिकी डलर मूल्य पर्ने यो ब्रस केही महिनाभित्र बिक्रि सुरु हुने बताइएको छ । यस्तो ब्रस बनाउने कोलिब्री पहिलो कम्पनी भने हैन् । ओरलबी र ग्रुस कम्पनीले यस्तै कनेक्टेड ब्रसको बिकाश गरिसकेका छन् ।

kolibree-smart-toothbrush-xl

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?