+
+
Shares

सामसुङको मेगा प्लान खुलासा, चिनियाँले लखेटपछि एप्पलको नक्कल

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २९ गते १५:३४

samsung-galaxy-note-edgeचिनियाँ स्मार्टफोनको तिब्र लखेटाइमा परेपछि नाफामा ३७ प्रतिशत गिरावट भोगेको कोरियाली मोबाइल उत्पादक कम्पनी सामसुङले आफ्नो रणनीतिमा ब्यापक फेरबदल गर्दै छ ।
शाओमी र जियोनीजस्ता चिनियाँ मोबाइल उत्पादकले उस्तै फोन निकै सस्तोमा बेच्न थालेपछि सामसुङले आफ्नो साम्राज्य गुमाउँदै गएको छ ।
सोही कारण सामसुङले आफ्ना फोनलाई चिनियाँ फोनभन्दा उत्कृष्ट र भिन्न देखाउन बिभिन्न योजनाहरु बनाइरहेको छ । जसमध्ये केही योजनाको हालै खुलासा भएको छ ।
जसअनुसार सामसुङले अब प्लास्टिक कभरको साटो एप्पलले झैं धातुयुक्त कभर भएका स्मार्टफोन निर्माण गर्दै छ ।
आगामी मार्च महिनामा सार्वजनिक हुन लागेको सामसुङ ग्यालेक्सी एस ६ मेटलयुक्त कभरमा आउँदै छ । केही हप्तापहिले ग्यालेक्सीको मेटल कभरको तस्वीर इन्टरनेटमा चुहिएको थियो ।

सामसुङले पहिलोपटक सार्वजनिक गरेको ग्यालेक्सी अल्फा
सामसुङले पहिलोपटक सार्वजनिक गरेको ग्यालेक्सी अल्फा

ग्यालेक्सी एस ६ कै अर्को मोडल भने कर्भ स्क्रिनयुक्त हुने छ । यो अघिल्लो बर्ष सार्वजनिक भएको कर्भ स्क्रिनयुक्त ग्यालेक्सी नोट इज जस्तै हुने छ ।
यसैगरी सामसुङले ग्यालेक्सी एस ६ सँगै नयाँ स्मार्टवाच पनि सार्वजनिक गर्ने छ जसको डिजाइन मोटोरोलाको स्मार्टवाचसँग मिल्दोजुल्दो हुने छ ।
अहिलेसम्म चारपाटे डिजाइनमा स्मार्टवाच निकाल्दै आएको सामसुङले मोटो जी ग्राहकले रुचाएपछि गोलाकार स्मार्टवाच बनाउन लागेको हो ।
सामसुङले गत बर्ष नै चौकोसमा मात्र धातु प्रयोग गरेर ग्यालेक्सी अल्फा मोडल सार्वजनिक गरेको थियो । सामसुङको बजारको रेस्पोन्स चेक गर्न कर्भयुक्त ग्यालेक्सी इज र मेटलयुक्त ग्यालेक्सी अल्फा ल्याएको र त्यसलाई रुचाएको निष्र्कषसहित ग्यालेक्सी नोट ६ मा यसको प्रयोग गर्न लागिएको बिजनेस इनसाइडरले जनाएको छ ।

कर्भ स्क्रिनवाला ग्यालेक्सी नोट इज, जसले प्रयोगकर्ताको मन जित्यो
कर्भ स्क्रिनवाला ग्यालेक्सी नोट इज, जसले प्रयोगकर्ताको मन जित्यो

एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएका चिनियाँ मोबाइलहरु जस्तै शाओमी, जियोनी, हुवावे लगायतका ब्राण्डले सामसुङभन्दा निकै कम मूल्यमा उत्कृष्ट स्मार्टफोन बेच्न थालेपछि सामसुङको बजार खुम्चिन थालेको छ ।
जसले गर्दा सामसुङलाई आफ्ना उत्पादनहरु चिनियाँ उत्पादनभन्दा भिन्न हुन भन्ने सावित गर्नुपर्ने चुनौती छ । त्यसैले सामसुङले सकेसम्म बढि भेराइटीमा फोन उत्पादन गर्ने र प्रिमियम क्लासका एन्ड्रोइड प्रयोगकर्तामाझ पकड जमाउने योजना बनाएको छ ।
सामसुङले आक्रामक बजार विस्तार गर्दा पेलिएको एप्पलले पनि आफ्नो बजार हिस्सा जोगाउन पि्रमियम ग्राहकलाई कब्जा गर्ने बढि भेराइटीमा उत्पादन गर्ने रणनीति अख्तियार गरेको थियो । अब सामसुङले पनि एप्पलको नक्कल गर्दै आफ्नो गिर्दै बजारलाई भरथेग गर्ने कोसिस गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?