+
+
Shares

‘पिके’लाई पाँच अवार्ड, प्रियंका र शाहिद सर्वोत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २९ गते १०:०२

pk poster
मुम्बई । वर्ष २०१४ को अन्त्यमा रिलिज भएको विधु विनोद चोपडाको निर्माण र राजकुमार हिरानीको निर्देशन रहेको ‘पिके’ ले सर्वश्रेष्ठ फिल्म र निर्देशक सहित पाँच विधामा अवार्ड हात पारेको छ ।

यस वर्ष भएको स्टारगोल्ड अवार्डमा ‘पिके’ले सर्वोत्कृष्ट फिल्म, निर्देशक, संवाद, साउण्ड र मिक्सिङ मा अवार्ड पाएको छ । त्यस्तै एकसय करोड पार गरेकोमा स्पेशल अवार्ड प्रदान गरिएको थियो ।

मुम्बईमा एक भब्य समारोहका विच अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बलिउडका सबै हस्तिहरुको उपस्थिती थियो ।

कार्यक्रममा ‘हैदर’ वाट शाहिद कपुरले सर्वोत्कृष्ट अभिनेता र ‘मेरी कोम’ वाट प्रियंका चोपडाले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारे ।

समारोहमा दीपिका पादुकोणलाई ‘इन्टरटेनर अफ द इयर’ र आलिया भट्टलाई ‘मष्ट स्टाइलिश युथ आइकन’ अवार्ड प्रदान गरियो ।

कार्यक्रममा निर्माता/निर्देशक राकेश रोशनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो, जहाँ अभिनेता अमिताभ बच्चनले प्रदर्शोन्मुख फिल्मको मेडली…बोलको गीतमा नृत्य गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?