+
+
Shares

यी हुन् बलिउडका सिंगल सुन्दरी

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २९ गते १०:२७
alia-bhatt
आलिया

मुम्बई । हिरोइन हुनका लागि सुन्दरता अनिवार्य सर्त हो । अभिनय कमजोर किन नहोस्, सुन्दरता पनि करिअर चम्काउने आधार हुनसक्छ । त्यहि सुन्दरताले केबल उनीहरुको प्रसंसक मात्रै बढाउँदैन, पुरुषहरुलाई आकषिर्त गर्न पनि सफल हुन्छन् । तर, केही यस्ता सुन्दरी छन जसले अहिलेसम्म सिंगलबाट मिंगल हुने अबसर पाएका छैनन् ।

आलिया भट्ट पछिल्लो समयकी सुन्दरी हिरोइन भनेर चिनिन्छिन् । उनको अभिनयमा जति दम छ, त्यो भन्दा धेरै चर्चा सुन्दरताको हुने गरेको छ । चर्चित निर्देशक महेश भट्टकी कान्छी छोरी आलियाको अहिलेसम्म कुनै पुरुषसँग नाम जोडिएको छैन ।

प्रियंका
प्रियंका

अभिनयको अतिरिक्त गायनमा समेत सहभागी भइन् प्रियंका चोपडा । केही फिल्ममा बेजोड अभिनय गरेकी प्रियंकाको ग्ल्यामरस छवि पनि चर्चाको विषय बन्ने गरेको छ । धेरै प्रसंसक कमाएकी हिरोइनको रुपमा चिनिन्छिन् उनी । तर, अहिलेसम्म प्रियंकाको अफयेरको चर्चा सुन्न पाइएको छैन् ।

कुनै वेला रणबीर कपुरसंग सम्बन्ध कायम गरेकी दिपिका पादुकोणको अहिले रणबीर सिंहसँग अफेयर छ । रणबीर सिंहसँग बिबाह हुनेसम्मको कुरो चले पनि उनको क्रेज घटेको छैन ।

दीपिका
दीपिका

करणबीर कपुरसँग कट्रिना कैफको मगनी भएको हल्ला सेलाइसकेको छैन । कुनै बेला सलमान खानसँग नजिक रहेकी कैटको बेजोड अभिनय र सुन्दर चेहराले दर्शकलाई सधै मख्ख बनाउने गरेको छ ।

जोन अब्राहमसँगको सम्बन्ध टुटेपछि विपाशा बसु बास्तवमै सिंगल छिन् । पछिल्लो समय ‘अलोन’मा ब्यापक हट सिन दिएकी विपाशाको ग्ल्यामरस छविको चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ ।

कट्रिना
कट्रिना

अभिनेता अर्जुन कपुर र सोनाक्षी सिन्हाको सम्बन्ध रहेको विषयमा केही मिडियाले समाचार समेत लेखे । तर, यो सम्बन्धलाई अहिले पनि उनिहरुले ‘राम्रो साथी’ को दाबी गर्दै आएका छन् । हिन्दी फिल्म ‘दबंग’ वाट रजतपटमा प्रवेश गरेकी सोनाक्षी छोटो समयमै लोकपि्रय हुने हिरोइनको सूचीमा पर्छिन् ।

कंगना राणाबत मात्रै यस्ती हिरोइन हुन् जसको नाम अहिलेसम्म कुनै पुरुषसँग जोडिएको छैन । ऋतिक रोशनले श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेपछि उनको नाम ऋतिकसँग जोडिएको थियो । तर, उनीहरु विच ब्यबसायिक बाहेकको सम्बन्ध नरहेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।

sonakshi-sinha
सोनाक्षी

‘इश्क की दावत’ वाट अभिनयमा प्रवेश गरेकी परिणीति चोपडाको निर्देशक मनीष शर्मासँग सम्बन्ध रहेको हल्ला ब्यापक थियो कुनैबेला । तर, उनले यो सम्बन्धलाई अस्वीकार गर्दै आएकी छिन् ।

अनिल कपुरकी छोरी सोनम कपुरको पनि निर्देशक पुनित मल्होत्रासँग सम्बन्ध रहेको कुरो चलेको थियो । तर,अहिले दुबै सिंगल छन् ।

श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नान्डिजको निर्देशक साजिद खानसंग हिमचिम बढेको थियो एकताक । तर, उनीहरुको सम्बन्ध स्थापित हुन नपाउदै टुट्यो । त्यसपछि अन्य पुरुषसँग उनको नाम जोडिएको छैन ।

ज्यक्लिन
ज्यक्लिन

चलचित्र ‘आशीकी -२’ रिलिजपछि धेरैले अनुमान गरे श्रद्धा कपुर र आदित्य राय रियल लाइफमा पनि जोडी बनेर देखिने त होइनन् । अहिलेसम्म उनीहरुको सम्बन्ध जोडिएको कुरो सुनिएको छैन ।

नरगीस फाखरी फिल्ममा आउनु अगाडी नै उदय चोपडासँग जोडिएकी थिइन् । पछिल्ला दिनमा उदयको क्रेज घटदै गएको बुझेकी नरगीसले पनि उनको साथ छाडिदिइन् ।

‘ये जवानी है दिवानी’ वाट बलिउडमा प्रवेश गरेकी इवलिन शर्माको जवानीले दर्शकलाई प्रभावित पारे पनि समकक्षी पुरुषलाई भने राम्रो प्रभाव पार्न सकेन ।
इलियाना डि क्रुजले पछिल्लो पटक सेफ अलि खानसँग ‘ह्याप्पी इन्डिङ’ मा काम गरिन् । सुन्दरताकी खानी भनेर ब्याख्या गरिएकी इलियानाले पनि कुनै पुरुषलाई प्रभाव पार्न नसकेको चर्चा छ ।

केही फिल्ममा राम्रै अभिनय गरेपनि ईशा गुप्ताले करिअर चम्काउन सकिनन् । त्यो भन्दा पनि अचम्म त उनी अझै सिंगल एक्ट्रेसको सूचीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?