+
+
Shares

दीपिकाले कट्रिनालाई भनिन्- रणवीरसँग बिबाह नगर

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २९ गते १५:१४

katrina-ranbir-deepkia copy
मुम्बई । बलिउड सुन्दरीहरु दीपिका पादुकोण र कटि्रना कैफ यही बर्ष बिबाह गर्ने तयारीमा छन् । दीपिकाले रणवीर सिंहसँग र कट्रिनाले रणबीर कपुरसँग बिबाह गर्ने अन्तिम तयारीमा छन् ।

तर, दीपिका पादुकोणले भने कट्रिना कैफलाई आफ्ना पूर्व प्रेमी रणवीर कपुरसँग बिबाह नगर्न सल्लाह दिएकी छिन । कट्रिना र रणवीरवीच इंगेजमेन्ट भएको एक साता नबित्दै दीपिकाले सार्वजनिकरुपमै यस्तो सुझाव दिएकी हुन् ।

हालै एक अवार्ड कार्यक्रमका दौरान दीपिका प्रेमी रणवीर सिंह बिनै रेड कार्पेटमा सहभागी भएकी थिइन् । अवार्ड कार्यक्रमका दौरान संचालकले दीपिकालाई सोधे- तपाईं

कट्रिना कैफलाई के सुझाव दिन चाहानुहुन्छ ?

दीपिका कुनै बिलम्ब नगरी भनिन्- ‘रणवीर कपुरसँग बिबाह नगर्नु ।’ फिल्मी हस्तीहरु उपस्थीत कार्यक्रममा दीपिकाले कट्रिनालाई यस्तो सुझाव दिएपछि सवै छक्क परे ।

त्यतिमात्र हैन, अर्की नायिका सोनम कपुरले समेत रणवीर र कट्रिनाको बिबाहप्रति शंका ब्यक्त गरिन् । सन् २०१५ भित्र तपाईँले यी तीनमध्ये कुन सम्भावना देख्नुहुन्छ ? भन्दै सोनमलाई तीनवटा बिकल्प दिइएको थियो ।

पहिलो- सलमान खानको बिबाह, दोस्रो- तीन खान एकसाथ फिल्ममा अभिनय र तेस्रो- रणवीर-कट्रिना बिबाह ।

सोनमले जवाफ दिइन- ‘कुनैको पनि सम्भावना छैन् ।’

दीपिकाले आफ्ना पूर्व प्रेमी रणवीर र कट्रिनाबारे हल्कारुपमा सार्वजनिक टिप्पणी गरेको यो पहिलोपटक भने हैन् ।

उनले केही बर्षअघि करण जोहरको टक सोमा रणवीर कपुरलाई कण्डमको प्याकेट उपहार दिन चाहेको बताएकी थिइन् । यस्तै कटि्रनाको पासपोर्ट हेर्न चाहेको भन्दै ब्यङ्ग्य गरेकी थिइन् । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?