+
+
Shares

आइफोन बिक्रिमा समेत अमेरिका पछि पर्‍यो, चीन एक नम्बरमा

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३० गते ८:२०

the-iphone-6-left-has-a-47-
अमेरिकी कम्पनी एप्पलले निर्माण गरेका आइफोन सबैभन्दा बढि बिक्रि हुने देशको रुपमा चीन पहिलो नम्बरमा उक्लिएको छ ।आइफोनको पछिल्ला संस्करण आइफोन सिक्स र सिक्स प्लसको उच्च मागसँगै चिनियाँ बजारले अमेरिकालाई पछि पार्दै पहिलोपटक सबैभन्दा धेरै आइफोन बिक्रि हुने बजारको रुपमा उभ्याएको हो ।

स्विस ग्लोबल फाइनान्सियल कम्पनी युबीएसका विश्लेषक स्टेभेन मिलुनोभिचले आइफोनको मागले चीनमा भिमकाय वृद्धि हाँसिल गरिरहेको बताए । सन् २०१४ को पछिल्लो त्रैमासिकमा विश्वमा कुल आइफोन बिक्रि मध्ये चीनमा ३५ प्रतिशत आइफोन बिक्रि भएका छन् । अमेरिकी बजारको हिस्सा जम्मा २४ प्रतिशत रहेको छ ।
सन् २०१३ को सोही अवधिमा आइफोनको चिनियाँ बजार हिस्सा केवल २२ प्रतिशत मात्र थियो ।

एप्पलले गएको अक्टोबर १७ बाट मात्रै चिनियाँ बजारमा आइफोन सिक्स र सिक्स प्लसको बिक्रि सुरु गरेको थियो । तर, ठूलो आकारको फोनप्रति चिनियाँ उपभोक्ताको रोजाइ चुलिएसँगै आइफोनको सबैभन्दा लोकपि्रय बजार चीन बन्न सफल भएको हो ।

चिनियाँ सरकारी संचार माध्यम सिन्ह्वाका अनुसार अनलाइन व्यापार गर्ने जेडी डट कमले आइफोनको अर्डर लिन सुरु गरेको तिन दिनमै १ करोडले अर्डर गरेका थिए ।

एप्पलले सन् २०१४ को पछिल्लो त्रैमासिकमा ६ करोड ९३ लाख गोटा आइफोन बेचेको युबीएसको रिपोर्टले देखाएको छ । यो एप्पलको आइफोन बिक्रिमा त्रैमासिक बिक्रिको किर्तिमान हो ।

गएको अक्टोबरमा चीन एप्पलको सबैभन्दा ठूलो राजस्वको श्रोत बन्नुअघि चीन भ्रमणका बेला एप्पलका सिइओ टिम कुकले यो सबै ‘समयको खेल’ भएको बताएका थिए ।

साथै अबको केही वर्षमै चीनमा एप्पलका थोक स्टोरहरु १५ बाट बढाएर ४० पुर्‍याउने घोषणा पनि गरेका थिए ।

चीनमा सबैभन्दा बढि स्मार्टफोन बिक्री गर्ने कम्पनीको रुपमा शाओमी एक नम्बरमा रहेको छ । सामसुङ दोश्रो नम्बरमा छ भने एप्पल तेश्रो नम्बरमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?