+
+

सलमान खानलाई सुप्रिम कोर्टले दियो ठूलो झट्का

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३० गते १६:१०

Salman Khan

बलिउड नायक सलमान खानलाई भारतको सुप्रिम कोर्टले आज सुनाएको एक फैसलाले ठूलै झट्का लागेको छ । कालो हरिण शिकार गरेको आरोपमा मुद्दा खेप्दै आएका सलमान खानलाई दिइएको ५ बर्षको सजाँय रोक्नका लागि राजस्थानको न्यायलयले सुनाएको फैसला सुप्रिम कोर्टले खारेज गरिदिएको हो ।

भारतको सुप्रिम कोर्टले सुनाएको यो फैसला पछि सलमान अब बेलायतको भ्रमण गर्न असमर्थ हुनेछन् । सन् १९९८ मा जोधपुरमा आफ्नो चलचित्र ‘हम साथ-साथ हे’को छायांकनका क्रममा सलमान खानले कालो हरिणको शिकार गरेका थिए । यो बिषयमा लोअर कोर्टले सलमान खानलाई दोषी देखाउँदै ५ बर्षको जेल सजाँय सुनाएको थियो ।

सन् २००७ अगष्ट ३१ मा राजस्थानको उच्च न्यायलयले सलमान खानलाई दिइएको ५ बर्षको जेल सजाय खारेज गरिदिएको थियो । सलमानलाई अदालतको अनुमती विना विदेश पनि नजान आदेश दिइएको छ । गत बर्ष आफ्नो चलचित्र ‘किक’को छायांकनका लागि सलमान खान बेलायत जाने तयारीमा थिए ।

तर, उनलाई बेलायतले भिसा दिएको थिएन । उच्च न्यायलयले गरेको फैसलाको विरुद्ध राज्य सरकारले सलमानको सजाँय खारेज गर्ने फैसला रोक्न माग गरेको थियो ।

आज फैसला दिदै सुप्रिम कोर्टले सलमान खानलाई दिइएको ५ बर्षको सजाँय रोक्ने उच्च न्यायलको फैसलालाई खारेज गरेको हो । सुपि्रट कोर्टले सलमानलाई सजाँयमा रोक लगाउने बिषयमा आएको फैसलाले आफूलाई कसरी क्षती हुन्छ भनेर अदालतमा जानकारी गराउन सक्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?