+
+
Shares

सामसुङले ल्यायो सवैभन्दा पातलो फोन ‘ग्यालेक्सी ए सेभेन’

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १ गते ८:५५

Samsung-GalaxyA7

झ्वाट्ट हेर्दा यो एप्पलको आइफोन फाइभ एस जस्तो देखिन्छ-घुमाउरो किनारा, मेटालिक ब्याण्ड र होम बटनको वरिपरि चाँदीको घेरा । तर, वास्तवमा यो सामसुङको सबैभन्दा पछिल्लो एन्ड्रोइड स्मार्टफोन हो, जसको नाम हो ग्यालेक्सी ए सेभेन ।

यो फोन सामसुङले उत्पादन गरेकामध्ये अहिलेसम्मकै सबैभन्दा पातलो स्मार्टफोन हो जसको मोटाइ ६.३ मिलिमिटर छ ।

प्रयोगकर्ताको उच्चस्तरीय सोसल अनुभवका लागि प्रिमियम हार्डवेयरले युक्त दाबी गर्दै सामसुङले सार्वजनिक गरेको ग्यालेक्सी ए सेभेनले एप्पलका प्रयोगकर्तालाई समेत आकषिर्त गर्ने अपेक्षा सामसुङको छ ।

विभिन्न क्षेत्र र चाहनाका उपभोक्तालाई मन पर्ने खालका डिभाइस बनाउन लागिपरेको भन्दै सामसुङ इलेक्ट्रोनिक्सका सिइओ जेके शिनले अर्को ठूलो सोसल ट्रेण्डको सम्मुखमा सामसुङ रहेको दाबी गरे ।

gsmaren 1

लोभलाग्दो मेटालिक डिजाइनका साथै शक्तिशाली कार्यसम्पादनले युक्त ग्यालेक्सी ए सेभेन स्टाइलिस हुनुका साथै प्रयोगकर्तालाई उच्चस्तरको अनुभुति प्रदान गर्ने दाबी उनको छ ।

दुई भिन्न क्वाडकोर प्रोसेसर भएको मल्टिकोर प्रोसेसर युक्त ग्यालेक्सी ए सेभेनमा १६ जिबी मेमोरी र २ जिबीको र्‍याम रहेको छ ।

ग्यालेक्सी ए सेभेनमा ५ मेगापिक्सेलको फ्रेन्ट फेस क्यामरा छ, जसमा अल्ट्रा वाइड शट तथा अटो सेल्फी मोड जस्ता एडफान्स्ड सेल्फी फिचर्स रहेका छन् जसका माध्यमबाट आवाज वा सामान्य हात हल्लाएरै सेल्फी खिच्न सकिन्छ ।

आफ्नो युनिक स्टाइललाई सहजतापूर्वक व्यक्त गर्न चाहनेहरुलाई लक्षित गर्दै ग्यालेक्सी ए फाइभ र ग्यालेक्सी ए थ्री जस्तै ग्यालेक्सी ए सेभेन डिजाइन गरिएको सामसुङले दाबी गरेको छ ।

GalaxyA7-Whiteपातलो मेटालिक बडी सँगै समाउन र प्रयोग गर्न सजिलो हुने खालका स्मार्टफोनमा सामसुङले ध्यान केन्दि्रत गरेको कम्पनीको भनाइ छ ।

ह्याण्डसेटको डिजाइनमा शौखिन प्रयोगकर्ताको भावनालाई ध्यान दिने एप्पललको पारम्परिक तरिकाको अबलम्बन गर्दै एप्पललको खतरालाई निस्तेज पार्न ग्यालेक्सी ए सेभेन फलदायी हुने अपेक्षा सामसुङको छ ।

५.५ इन्चको सुपर एमोलेड डिस्प्ले, एन्ड्रोइड किटक्याट अपरेटिङ सिस्टम र १३ मेगापिक्सेल क्यामरा भएको ग्यालेक्सी ए सेभेन सेतो, कालो र सुनौलो रंगमा उपलब्ध हुनेछ ।

ग्यालेक्सी ए सेभेनको मूल्य कति पर्छ भन्ने खुलासा गरिएको छैन । मार्च महिनासम्ममा यो स्मार्टफोनलाई बजारमा पठाउने लक्ष्य सामसुङको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?