काठमाडौं । बलिउड कलाकारको नेपाल आगमन बढदै गएको बेला अभिनेता अक्षय कुमारले ट्वीटर मार्फत नेपाल र नेपालीको मन जित्ने कोसिस गरेका छन् ।
ट्वीटरमा नेपाललाई शान्त मुलुक भनेर टिप्पणी गरेका यी नायकले ठमेल क्षेत्रमा घुम्दै गर्दाको तस्बिर फेसबुक, ट्वीटर र इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् । हिन्दी फिल्म ‘बेबी’ को सुटिङका लागि उनी केही महिना अघि नेपाल आएका थिए ।
नीरज पाण्डेको निर्देशन रहेको उक्त फिल्मको ठमेल, भक्तपुर लगायतका स्थानमा सुटिङ गरिएको थियो । यस फिल्ममा अक्षयले मुख्य भुमिका निर्वाह गरेका छन् ।
पछिल्लो समय नेपाल पनि हिन्दी फिल्मको गतिलो बजारको रुपमा स्थापित हुन थालेको छ भने धेरै बलिउड कलाकारले नेपालको वारेमा चासो दिन थालेका छन् ।
बलिउड कलाकारका लागि काठमाडौ पनि घुमफिरको महत्वपूर्ण गन्तब्य हुन पुगेको छ । पछिल्लो तीन महिनामा मात्रै नेहा धुपिया, रबिना टण्डन, अमिर खान, अनुपम खेर, जरिन खान, सन्नी लियोनी लगायत दशौं कलाकार नेपाल आईसकेका छन् ।
प्रतिक्रिया 4