Comments Add Comment

तनाव भएपछि लामाले चिरे आफ्नै हात

रामचन्द्र नेपाल

मलेसिया । रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक युवाले आत्महत्याको प्रयास गरेका छन् । सिन्धुली जिल्ला घर भई विगत पाँच महिनादेखि क्वालालम्पुर नजिकै रहेको एक कम्पनीमा कार्यरत २० वर्षका दीपक लामाले आत्महत्याको प्रयास गरेका हुन् । वुधवार साँझको खाना खाई सुतेका लामा रातको करीव तीनवजेतिर उठेेर आफूलाई तनाव भयो भन्दै ब्लेडले वायाँ हातको हत्केलाको जोर्नीमा चिरेका थिए ।

साथीभाईले तत्काल एजेन्टलाई खवर गरी उनलाई स्थानीय सेरडाङ अस्पतालमा पुरयाएका थिए । हाल उनको अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको छ ।

लामाले आफू बिरामी भएकोले चार दिनदेखि काममा नगएको र त्यहीबेला चेकिङ आउने, घरबाट पनि तनाव दिने काम भएपछि आफूले तनावकैवीचमा हात चिरेको बताएका छन् । आफूले धेरै सोचाइमा र तनाबमा परेर गल्ती गरेको र नेपालमा पनि परिवारसँग कुराकानी भैसकेको उनले वताए । हाल उनलाई प्रगतिशील प्रवासी श्रमिक मन्च मलेसिया र मानवअधिकारवादी संस्था तानागानिताको संयुक्त पहलमा उपचार भैरहेको छ ।

निजलाई कम्पनी र संस्थाको तर्फबाट सक्दो सहयोग गरी छिटो भन्दा छिटो नेपाल र्फकने ब्यवस्था मिलाउन थालिएको मन्चका महासचिव प्रेम पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment