+
+
Shares

रक्सीको बोतलले आफ्नै टाउको फुटाए हनी सिंहले, कुलत छुटाउन पुर्नस्थापना केन्द्रमा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १ गते २१:१०

honey singh
मुम्बई । ‘यो यो हनी सिंह’का नामले परिचित भारतीय गायक एवं र्‍यापर हनी सिंह रक्सीको कुलत छुटाउन पुर्नस्थापना केन्द्र जानुपरेको छ ।

तीन महिनादेखि बलिउड सेलिब्रेटी सर्कलमा देखा नपरेका उनी बेपत्ता भएको हल्ला चलिरहेको थियो । कतिपयले उनी बिरामी घएर घरमै आराम गरिरहेको बताए पनि उनी हराउनुको रहस्य हालै खुलेको छ ।

तीन महिने पुर्नस्थापना केन्द्र बसाइपछि उनी केही दिन अघिमात्र बाहिर निस्किएका छन् । मदिरा नपिउने प्रतिज्ञा गर्दै उनी घर फर्किएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

‘चार बोतल भोड्का, काम मेरा रोजका’ भन्ने गीतबाट चर्चित भएका हनी सिंहको वास्तविक जीवन नै यहीसँग मेल खाने गरेको बल्ल खुलासा भएको छ ।

उनी रक्सी नपिइ बस्ने नसक्ने अबस्थामा पुगेका थिए । जसका कारण बिभिन्न देशबाट कार्यक्रमका लागि आउने निम्तासमेत लत्याएर रक्सीमा मस्त हुने गरेका थिए ।
पछिल्लोपटक बेलायत भ्रमणमा गएका बेला रक्सीको बोतलले टाउकोमा हानी आफैलाई घाइते बनाएका थिए ।

स्रोतका अनुसार कार्यक्रम सुरु भइसक्दा पनि हनी सिंह बारमा रक्सीमा मस्त थिए । कार्यक्रम आयोजकले प्रस्तुतीका लागि बारम्बार फोन गरेपछि दिक्क भएका उनले रक्सीको बोतलले आफ्नै टाउकोमा हानेका थिए । रगतपच्छे भएर ढलेका उनलाई भारतीय मुलका चिकित्सकले उपचार गरेका थिए ।

आफ्नो त्यस्तो हालत भएपछि नजिकका साथीभाईको सुझावमा उनी पुर्नस्थापना केन्द्र भर्ना भएका थिए । तीन महिने पुर्नस्थापना केन्द्रको बसाई सकेर बाहिरिएपछि मात्र हनी सिंहको रक्सीको कुलत र घटनाबारे सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?