+
+
Shares

भारतका लागि नेपाली राजदूतमा दीपकुमार, अमेरिकामा अर्जुनलाई सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २ गते १४:३४

२ माघ, काठमाडौं । नेपाल सरकारले भारत र अमेरिकाकाे राजदूतका लागि कांग्रेसका दीपकुमार उपाध्याय र एमालेका अर्जुन कार्कीकाे नाम सिफारिस गरेको छ ।

Dip kumar and Arjun karkiमन्त्रिपरिषदको शुक्रबारको बैठकले भारतको राजदूतका लागि कांग्रेस नेता दीपकुमार उपाध्याय र अमेरिकाका राजदूतका लागि एमालेका डा. अर्जुनकुमार कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको हाे ।

भारत र अमेरिकासहित १० देशमा लामो समयदेखि राजदूत खाली भए पनि कांग्रेस एमालेवीच भागबण्डा नमिलेका कारण नियुक्ति हुन सकेको थिएन ।

भारतको राजदूतमा सिफारिस भएका उपाध्याय कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थ राज्यमन्त्री हुन् । उनी गत संविधानसभा निर्वाचनमा कपिलबस्तु १ बाट एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।

त्यस्तै अमेरिकाको राजदूतमा सिफारिस भएका कार्की आइएनजीओकर्मी हुन् । उनको संस्था आरआरएनले देशभरि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

संसदीय सुुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरुलाई राजदूत नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?