+
+
Shares

शाओमीले ल्यायो दुर्इ नयाँ फ्याब्लेट

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ३ गते १०:३६

ssmm
चिनिया स्मार्टफोन निर्माता शाओमीले दुइ नयाँ फ्याब्लेट सार्वजनिक गरेको छ । बेइजिङमा बिहिबार आयोजित समारोहमा शाओमीका मुख्य कार्यकारी ली जुनले नयाँ ह्याण्डसेट मि नोट र मि नोट प्रो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको मि नोट नामको फ्याब्लेटलाई आइफोन सिक्ससँग तुलना गर्दै ली ले उक्त फ्याब्लेट आइफोन सिक्स प्लसभन्दा छोटो, पातलो र हलुका रहेको बताए ।

१६ गिगाबाइट क्षमताको यो फ्याब्लेटको मूल्य २ हजार २ सय ९९ युआन अर्थात् ३७१ डलर तोकिएको छ । जुन एप्पलको आइफोन सिक्स प्लस तथा सामसुङको ग्यालेक्सी नोट फोर भन्दा झण्डै आधाले सस्तो हो ।

मि नोट ६.९५ मिलिमिटर मोटाइ तथा १ सय ६१ ग्राम तौलको रहेको छ । जुन आइफोन सिक्स प्लस भन्दा १.०५ मिलिमिटर पातलो तथा ११ ग्राम हलुका हो । यसमा १३ मेगापिक्सेलको पछाडिकेा क्यामरा तथा ४ मेगापिक्सेलको फ्रन्ट क्यामरा समेत रहेको छ ।

त्यस्तै शाओमीले घोषणा गरेको अर्को फ्याब्लेट हो, मि नोट प्रो । मि नोट भन्दा उच्चस्तरीय तथा मूल्यवान यो फ्याब्लेट छिटै सार्वजनिक गरिने शाओमीले जनाएको छ । यो मोडेलमा उच्च रिजोलुसन टू के डिस्प्ले, ६४ फिट स्नापड्रागन प्रोसेसर, फोर जी चिप रहेको छ, जसले एक सेकेण्डमा ४५० मेगाबिट डाटा डाउनलोड गर्न सक्छ । साथै ४ गिगाबाइट र्या र ६४ जिबी इन्टरनल मेमोरी रहेको छ । यसको मूल्य ३ हजार २९९ युआन अर्थात् ५३२ डलर तोकिएको छ ।

sm
चिनिया एप्पलको नामले चिनिने शाओमीमाथि अमेरिकी कम्पनी एप्पलका प्रडक्टको नक्कल गरेको आरोप लाग्ने गरेको छ । पछिल्ला ग्याजेट समेत आइफोन सिक्स प्लसकै हाराहारीका ल्याउनुलाई विश्लेषकहरुले शाओमीको नक्कलकै रुपमा लिएका छन् । बजार अनुसन्धान संस्था युरोमोनिटरका वी टेक लू ले शाओमी अझै किशोर जस्तो देखिने भएपनि वयस्क जस्तै क्रियाकलाप देखाउन चाहने तर एप्पललकै आधारशिलामा टाँसिएको टिप्पणी गरेका छन् ।

फिचर्सका हिसाबले शाओमीले ल्याएका नयाँ डिभाइसमा कुनै नयाँ आविष्कार नरहेको र केवल सस्तो मूल्य मात्र आकर्षणको विषय भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?