Comments Add Comment

एक महिला फुटबलर, जसलाई पुरुष भन्दै लुगा फुकाल्न भनियो

Anomna1

३ माघ काठमाडौं । जिनोभेभा एनोन्माले फुटबलमा प्राप्त गरेको उपलब्धी तारिफ योग्य छ ।

तर, २७ वर्षकी यी महिला फुटबलरले सुन्दर खेल फुटबलमा यो सफलता प्राप्त गर्ने मार्गमा निकै दु:खदायी प्रतिकुलताको सामना गर्नुपर्यो ।

सन् २००८ मा आफ्नो देश इक्वेटोरियल गुएनालाई पहिलो अफ्रिकी महिला च्याम्पियनसीप फुटबलको उपाधि जिताएकी एनोम्नाले फाइनल खेलमा दक्षिण अफ्रिका बिरुद्ध निर्णायक गोल गरेकी थिइन् ।

तर त्यो जितको खुसी धेरै बेर टिक्न पाएन, तत्कालै अन्धकारमा बदलियो जब उनको लैंगिकताको विषयमा प्रश्न उठ्यो ।

बीबीसीसँगको अन्तरवार्तामा सन् २०१२ की अफ्रिकन फुटबलर अफ दि इअर जिनोभिभाले आफुलाई अफ्रिकी फुटबल महासंघका अधिकारी तथा आफ्नो देशको टीमका अगाडि आफुलाई जिउका सबै लुगा फुकाल्न अह्राइएको खुलासा गरेकी छिन् ।

‘म निकै निरास भएँ, मेरो मनोबस गिर्यो र म रोइरहेकी थिएँ । आफु पूर्णरुपमा अपमानित भएको भएपनि समयसँगै मैले त्यसमाथि विजय प्राप्त गरेँ,’ उनले भनेकी छिन् ।

अफ्रिकी फुटबल महासंघले खेलाडिको लिंग छुट्टाउन उसको जिउ नांगो पारेर यौनांग हेर्ने निर्णय गर्नु नै एनोम्नाको यो पीडाको कारण थियो ।

एनोम्नाको यो घटना पहिलो होइन र उनीजस्तै अन्य धेरै प्रतिभाशाली फुटबल खेलाडिहरुले लैंगिकताको विषयमा यस्तै अपमान सहेका छन् ।

anomna2

सन् २०११ को महिला विश्वकप फुटबलमा उनीसँगै उनको टोलीका अन्य खेलाडि अर्थात् उनकै दुइ बहिनीहरुमाथि समेत लिंग ढाँटेको प्रश्न उठेको थियो ।

नाइजेरिया, साउथ अफ्रिका र घानाले यी तिन महिला खेलाडिहरु वास्तवमा पुरुष रहेको र गुएनाले पुरुष खेलाडिहरुलाई महिला भनेर मैदानमा उतारेको आरोप लगाएका थिए ।

अहिले जर्मन क्लब टर्बाइन पट्सड्यामबाट खेल्ने एनोन्माले आफ्नो लिंगको बारेमा शंका गर्नेहरुलाई शान्त पार्नका लागि आफ्नो लिंगको चिकित्सा परीक्षण गर्न समेत आग्रह गरिन् । तर उनको लिंग पहिचानका लागि अहिलेसम्म पनि कसैले चिकित्सकीय परीक्षण गरेको छैन ।

‘उनीहरुले मलाई बोलाएर तिमीलाई परीक्षणका लागि अस्पताल लगिँदैछ भनेर भन्नेछन् भन्ने आशा थियो तर कहिल्यै यसो गरेनन् । त्यहीँ भएर म एक्लैले आफु पुरुष होइन, महिला हुँ भनेर प्रतिरक्षा गर्नुपरेको छ’, उनी भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment