Comments Add Comment

७ अर्ब डलरमा ब्ल्याकबेरी किन्ने सामसुङको प्रस्ताव

ssmm
चिनियँ स्मार्टफोन उत्पादकबाट कडा चुनौती भोगिरहेको सामसुङले संस्थागत र उच्च आय भएका उपभोक्तामाझ पुग्न क्यानडेली कम्पनी ब्ल्याकबेरी किन्ने प्रस्ताव गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार सामसुङले ७ अर्ब डलरमा ब्ल्याकबेरी किन्ने प्रस्ताव गरेको छ । केही साता पहिले दुवै कम्पनीका कार्यकारीहरु किनबेचसम्बन्धी वार्तामा बसेको बताइएको छ ।

सामसङको प्रस्ताव ब्ल्याकबेरी सेयरको हाल चलिहरेको बजार मूल्यभन्दा ३८ प्रतिशत बढी हो ।

उत्कृष्ट सुरक्षा फिचरका कारण कुनै बेला पहिलो रोजाई बन्ने गरेको ब्ल्याकबेरी पछिल्लो समय आफ्नो अस्तित्व रक्षाको लडाईमा छ । खासगरी एप्पलले स्मार्टफोन ल्याएपछि ब्ल्याकबेरीको प्रयोग घटन थालेको हो ।

black sam

पछिल्लो समयमा ब्ल्याकबेरीले कम्पनी पुनःसंरचना अभियान संचालन गरिरहेको छ । अहिले ब्ल्याकबेरीको त्यति ठूलो बजार र भबिष्य नभए पनि सामसुङले मुख्य दुईवटा युनिक फिचरमाथि आाखा लगाइरहेको छ ।

पहिलो, ब्ल्याकबेरीको सुरक्षित म्यासेजिङ सर्भिस हो । एन्ड्रोइडबाट चल्ने सामसुङ फोन सुरक्षाका हिसावले सवैभन्दा कमजोर मानिन्छन् । तर, सामसुङले आफ्नो अस्तित्वका लागि ब्यबसायिक र प्रोफेसनल बजारमा प्रवेश गर्न चाहान्छ जसका लागि ब्ल्याकबेरीको सेक्युरिटी फिचर सहयोगी बन्न सक्छन् । तर, ब्ल्याकबेरी सुरक्षाका मामिलामा निकै बिश्वसनीय मानिन्छ, यहाँसम्म कि अमेरिकी राष्ट्रपति बराक ओबामासमेत ब्ल्याकबेरी प्रयोग गर्छन् ।

दोस्रो, ब्ल्याकेरीसँग भएका मोबाइल पेटेन्ट राइट । ब्ल्याकबेरीसँग अर्बों डलर बराबरका यस्ता पेटेन्ट सुरक्षित रहेको बिश्वास गरिन्छ जसले गर्दा सामसुङले ती पेटेन्ट प्रयोग गरी नयाँ बजार सिर्जना गर्न सक्छ ।

खरिदसम्बन्धी समाचार रोयटर्समा प्रकाशित भएपछि ब्ल्याकबेरीको सेयरमूल्य घटेको छ । जसले गर्दा ब्ल्याकबेरीले कुनै पनि कम्पनीसँग किनबेचसम्बन्धी वार्ता नभएको भन्दै विज्ञप्ति जारी गर्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment