Comments Add Comment

दुबइका केही अनौठा तथ्य

दुनियामा केही यस्ता देश छन् जहाँ निकै अनौठोखालका कानुन बनाइन्छन् र मानिसहरुले त्यस्ता कानुनको पालना समेत गर्नैपर्छ, नगरेमा सजायको भागिदार होइन्छ ।  यस्तै विचित्र खाले कानुन बनाउने देशमध्येमा संयुक्त अरब इमिरेट्स पनि परेको छ । विभिन्न सात राज्य मिलेर बनेको युएइको एक राज्य दुबइ आलिशान महल तथा मज्जेदार नाइटलाइफका कारण जति चर्चित छ त्यहाँका केही अनौठो खाले कानुनका विषयमा थाहा पाउनेहो भने झनै अनौठो लाग्छ । एक भारतीय अनलाइनका अनुसार दुबइको कानुन व्यवस्था तथा अन्य विषयका केही रोचक तथ्य यस्ता छन्

dubai
विहेभन्दा पहिले सेक्स बर्जित

दुबइमा बिहेभन्दा पहिले सेक्स गर्नु अवैध हो । कसैले बिहेअघि सेक्स गरेको पाइएमा सरकारले पक्राउ गर्छ । यदि त्यस्तो अपराध गर्ने विदेशी मानिस भएमा उसलाई देश निकाला समेत गरिन्छ । बन्द कोठाभित्र कसले के गर्यो ? त्यसमा त्यतिचासो नहुने भएपनि अविवाहित युवायुवतीहरुले खुलेआम एकअर्कामा आलिंगन, चुम्बन तथा यौनक्रिडा गरेको पाइएमा त्यस्तालाई जेल हाल्ने लगायतका कारवाही गरिन्छ ।

अपराध दर शुन्य प्रतिशत

यो सुन्दैमा आश्चर्य लाग्नसक्छ की दुबइमा अपराधको दर शुन्य प्रतिशत छ अर्थात् दुबइमा कुनै अपराध नै हुँदैन । सरकारी तथ्यांकले त्यसो भन्छ । अपराध नियन्त्रणका लागि दुबइको पुलिस प्रशासन निकै चुस्त दुरुस्त राखिएको छ । अपराध हुनुभन्दा अघि नै सावधानी तथा रोकथामको लागि पर्याप्त उपाय अपनाइन्छ ।

दुनियाको सबैभन्दा तिब्र गतिमा बढेको सहर

विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा भएको दुबइ सहर पृथ्वीको सबैभन्दा तिब्र गतिमा बढिरहेको सहर हो । विश्वमा भएका क्रेनमध्ये २० प्रतिशत क्रेन दुबइमै छन् । निर्माणकार्य लगातार चलिरहेको छ । दुबइमा कैयन् मानव निर्मित टापु समेत छन् ।

दुबइमा पाइँदैन ऋण

दुबइमा ऋण पाइँदैन, भलै उधारोमा दिने व्यक्ति निकै राम्ररी चिनेजानेको किन नहोस् । स्थानीय मानिसहरुलाई समेत ऋण नदिइने सरकारी प्रावधान छ । चेक बाउन्सको त कुरै छाडौँ क्रेडिट कार्डबाट भुक्तानी गर्दा समेत कुनै समस्या आयो भने पनि क्रेडिटकार्ड धारीलाई कारवाही हुने सम्भावना हुन्छ ।

८३ प्रतिशत आप्रवासी

दुबइमा बस्ने हरेक १ सय जनामा ८३ जना अप्रवासी हुन् । दुबइमा बनिरहेका धेरै भवनको निर्माण कार्यमा लागिरहेका मजदुरमध्ये अधिकांस भारत, पाकिस्तान, बंगलादेश तथा नेपाल लगायतका देशबाट मजदुरीका लागि त्यहाँ पुगेका हुन् । दुबइको जनसंख्याको ५० प्रतिशत जनसंख्या यस्तै कामदारको रहेको छ । १७ प्रतिशत विदेशी धनाढ्यहरु दुबइमा बसोबास गर्छन् । केवल १७ प्रतिशत मानिसमात्र युएइका नागरिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment