Comments Add Comment

मुस्लिम सभासदले महाभारतको कथा सुनाए

attahar४ माघ, काठमाडौं । मुस्लिम सभासदले महाभारतको कथा सुनाउँदै एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चालाई कौरवको संज्ञा दिएका छन् ।

स्वतन्त्र सभासद अतहर कमाल मुसलमानले संविधानसभामा संवाद समितिको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा महाभारतको कथा सुनाएका हुन् । सभासद मुसलमानले कांग्रेस एमाले नेतृत्वको गठबन्धनलाई पाण्डव र प्रचण्ड नेतृत्वको गठबन्धनलाई कौरवको संज्ञा दिँदै प्रचण्डलाई सकुनीलाई बोकेर अघि बढ्दा घाटा हुने बताए ।

‘जसरी महाभारतमा सकुनीको कारण कौरव र पाण्डवको युद्ध भयो, अहिले संविधानसभामा पनि कौरव र पाण्डव देखिए, तर सकुनी कता छन् ?’ सभासद मुसलमानले भने ‘सकुनीलाई बोकेर हिँड्दा हारिन्छ भन्ने कुरा बुझौं, दुई तिहाइ सभासदको हस्ताक्षरको सम्मान गरौं’ ।

संविधान कुनै धर्मग्रन्थ नभएकाले भोलि आफ्नो दुई तिहाइ ल्याएर संविधान संशोधन गर्न सुझाव दिँदै स्वतन्त्र सभासद मुसलमानले भने-जनताबाट निर्वाचित ४ सय १३ सभासदको हस्ताक्षरलाई चानचुने नसोच्नुस् ।

कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित मुसलमानले जाति, भाषा, धर्म र मधेसका नाममा बार्गेनिङको राजनीति भइरहेको बताए । ‘म मधेसबाट प्रतिनिधित्व गर्छु, म मुसलमान धर्म मान्छु, तर मेरो अधिकारका नाममा अरुको अधिकार हनन् गर्न पाइँदैन’ उनले भने ‘यहाँ मधेसका नाममा अरु ठेकेदार निस्कन खोज्दैछन्’ ।

उनले धर्म, जाति र मधेशका नाममा संघीयता हुन नसक्ने भन्दै संविधानसभामा जनताको दुई तिहाइ प्रतिनिधिको हस्ताक्षर अनुसार प्रक्रिया शुरु गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment