Comments Add Comment

फ्रेस फेस : स्टेज तताउन मन छ : एन्जिला रेग्मी (भिडियो)

ANGILA-REGMI-SINGRER
बुटवलकी गायिका एन्जिला रेग्मी ‘एन्जिला’ एल्बम मार्फत बजारमा आउने तयारीमा लागेकी छिन् । कक्षा ४ मा पढ्दा देखि नै गायनमा लागेकी एन्जिलाले आफ्नो जीवनको लक्ष्य नै चर्चित गायिका बन्ने बताइन् ।

घर परिवारको सहयोगका कारण आज उनी गायन क्षेत्रमा अगाडि बढ्दैछिन् । अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै एन्जिलाले आफूलाई परिवारले पैसा लगानी नगरिदिएको भए गायिका बन्न सक्दैनथ्य भन्छिन् । एन्जिलाले भनिन्-‘हो यहाँ प्रतिभा भएर मात्र हुँदैन, पैसा पनि हुनुपर्छ ।

पैसा नभएका कारण पनि धेरै राम्रा कलाकार मरेका छन् ।’ राम्रा कलाकारलाई पैसाले मारेको भन्दै उनले चिनजान, निकटताले धेरै फरक पर्ने उनको भनाई छ ।

तर, सधै आफ्नो गोजीबाट मात्र पैसा लगानी गरेर नहुने उनको भनाई छ । एल्बम निकाल्न किन आवश्यक छ, यी १८ बर्षकी नव-गायिकाले भनिन्-‘एल्बमले छिटो बजारमा पुर्‍याउँछ । यसपछि स्टेज, चलचित्र र अन्य कलेक्शन एल्बममा पनि गीत गाउँने अवसर पाइन्छ ।’

एन्जिला आफूलाई आधुनिक मात्र गीत गाउँन मन नलाग्ने बताउँछिन् । उनले आफू भर्सटायल गायिका बन्ने सोचमा रहेको खुलाइन् । उनी कोबाट प्रेरित छिन् त-‘मलाई गायिका इन्दिरा जोशी मन पर्छ । हामी एकै ठाउँका भएकाले पनि उहाँबाट म सानैबाट नजिक छु ।’

ANJILA-REGMI
इन्दिरा स्टेजमा गायनसँगै शारीरिक हाउभाउले पनि चलेकी छिन् । के उनलाई पनि यस्तै गर्न सक्छु भन्ने लाग्छ त ?-‘पक्कै पनि इन्दिरा जोशी जस्तै बन्नुपर्छ भन्ने छैन । म स्टेज आफ्नै तरिकाले तताउन चाहन्छु ।’

नेपाली सांगीतिक बजारमा प्रवेश गर्ने नयाँ-नयाँ अनुहारमा सबै सफल भएका छन् भन्ने छैन । तर, मिठो आवाज भएका केहीले भने राम्रै धन र चर्चा कमाएका छन् । के एन्जिला यसमा पर्लिन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment