नविन अर्याल
४ माघ, काठमाडौं । सूचना प्रविधिको पहुाचमा आउने नेपालीहरुको संख्या उच्च दरले बढ्दै गइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो आंकडाअनुसार एक महिनामा भ्वाइस सेवा लिने ग्राहक २ लाख ११ हजार र इन्टरनेट सेवाका १ लाख १० हजार ग्राहक बढेका छन् ।
कर्तिक मसान्तसम्म भ्वाइस सेवाका ग्राहक २ करोड ५५ लाख ४० हजार ७ सय ७७ पुगेका छन् । असोज मसान्तसम्म यो संख्या २ करोड ५३ लाख २९ हजार ३७ रहेको थियो ।
भ्वाइस सेवा लिने ग्राहक बढेसागै कुल जनसंख्याको ९६.४० प्रतिशतको पहुाचमा भ्वाइस सेवा पुगेको छ । असोज मसान्तसम्म ९५.५८ प्रतिशत जनसंख्याको पहुाचमा भ्वाइस सेवा पुगेको आंकडा प्राधिकरणले सार्वजनिक गरेको थियो ।
इन्टरनेट प्रयोगकर्ताको संख्या पनि एक महिनाको अवधिमा ०.४२ प्रतिशतले बढेका छन् । असोज मसान्तसम्म ९३ लाख ४८ हजार ८ सय ५६ जनाको पहुाचमा इन्टरनेट सेवा पुगेकोमा कार्तिक मसान्तसम्म यो संख्या बढेर ९४ लाख ५९ हजार ६ सय जना पुगेका छन् ।
कर्तिक मसान्तसम्मको आंकडा अनुसार कुल जनसंख्याको ३५.७० प्रतिशत इन्टरनेट सेवामा आवद्ध भइसकेका छन् । असोज मसान्तसम्म ३५.२८ प्रतिशत जनसंख्या इन्टरनेट सेवामा आवद्ध थिए ।
भ्वाइस सेवा लिने ग्राहक संख्या
सेवाको किसिम | असोजसम्म | कार्तिकसम्म | बृद्धि |
फिक्स्ड | ८,३४,१३७ | ८,३५,५८१ | १,४४४ |
मोबाइल | २,२६,७५,०२४ | २,२८,५०,५१६ | १,७५,४९२ |
अन्य | १८,१९,८७६ | १८,५४,६८० | ३४,८०४ |
कुल ग्राहक | २,५३,२९,०३७ | २,५५,४०,७७७ | २,११,७४० |
जनसंख्याको हिस्सा | ९५.५८ प्रतिशत | ९६.४० प्रतिशत | ०.८२ |
मोबाइल इन्टरनेटले आइएसपीका ग्राहक घटे
प्राधिकरणको तथ्यांकले मोबाइलबाट इन्टरनेट चलाउने ग्राहकहरुको संख्या हृवात्तै बढेको देखाउाछ । जसले गर्दा टेलिकमको एडीएसएल सेवा र इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) का ग्राहकहरु उल्लेख्य मात्रामा घटेका छन् ।
असोज महिनाको तुलनामा कार्तिक महिनासम्म मोबाइलबाट इन्टरनेट चलाउने ग्राहक १ लाख २५ हजार १२ जना बढेका छन् भने डायलअप, वायरलेस मोडियम तथा अप्टिकल फाइवर इथरनेट र एडीएसएलका ग्राहक क्रमशः ४ हजार २ सय ८७, २७ हजार १ सय ९७ र १ हजार ७ सय ७९ जना घटेका छन् ।
कार्तिक महिनासम्म ९४ लाख ५९ हजार ६ सय जना इन्टरनेट सेवाको पहुाचमा आएका छन् । जुन संख्या असोज महिनासम्मको तुलनामा १ लाख १० हजार ७ सय ४४ जनाले बढी हो । असोज मसान्तसम्म ९३ लाख ४८ हजार ८ सय ५६ जना इन्टरनेट सेवामा आवद्ध थिए ।
कार्तिक मसान्तसम्म कुल जनसंख्याको ३५.७० प्रतिशत जनसंख्या इन्टरनेटको पहुाचमा आइसकेका छन् । असोजसम्म ३५.२८ प्रतिशतको पहुाचमा इन्टरनेट सेवा पुगेको थियो ।
आइएसपीका ग्राहकहरु घटेपछि डायलअप इन्टरनेट सेवा लिन ग्राहक असोजमा १४ हजार ८ सय ६ रहेकोमा कार्तिकमा १० हजार ५ सय १९ जनामा सिमित हुन पुगेको छ ।
त्यस्तै, वायरलेस मोडियम, अप्टिकल फाइबरका ग्राहक पनि २७ हजार १ सय २९ जनाले घटेर ३७ हजार १ सय ६ जनामा झरेका छन् । असोजमा यो सेवा लिने ग्राहक ६४ हजार ३ सय ३ जना रहेका थिए ।
नेपाल टेलिकमका एडीएसल सेवाका ग्राहक पनि घटेका छन् । असोजमा यो सेवाका ग्राहक १ लाख ३७ हजार ५३ जना रहेकोमा कार्तिकमा आइपुग्दा १ हजार ७ सय ७९ जनाले घटेर १ लाख ३५ हजार २ सय ७४ जनामा सिमित हुन पुगेको छ ।
यस अवधिमा सिडिएमए र इभिडियोका ग्राहकमा कुनै थपघट भएको छैन भने वाइम्याक्सका ग्राहक ४ स ३९ जनाले बढेका छन् । कार्तिकमा भिस्याट बेस्ड इन्टरनेटका ग्राहक १३ जना पुगेका छन् ।
केवल मोडियमका ग्राहक असोजको तुलनामा कार्तिकमा १८ हजार ५ सय ३४ जनाले बढेर ५२ हजार पुगेका छन् ।
भ्वाइस सेवा : कसको कति हिस्सा
कार्तिक मसान्तसम्म फिक्स्ड सेवाका ग्राहकहरु ८ लाख ३५ हजार ५ सय ८१ पुगेका छन् । जुन असोज महिनाको तुलनामा १ हजार ४ सय ४४ जनाले बढी हो ।
त्यसैगरि, मोबाइल सेवाका ग्राहक एक महिनामा १ लाख ७५ हजार ४ सय ९२ जना बढेका छन् । प्राधिकरणका अनुसार मंसिरमा २ करोड २६ लाख ७५ हजार २४ जना मोबाइलका ग्राहक रहेकोमा कार्तिकमा बढेर २ करोड २८ लाख ५० हजार ५ सय १६ ग्राहक पुगेका छन् ।
कार्तिकसम्म मोबाइल सेवा लिने कुल ग्राहकमध्ये नेपाल टेलिकमका १ करोड ७ लाख ७१ हजार ५ सय २८ रहेका छन् भने एनसेलका एक करोड २० लाख ७८ हजार ९ सय ८८ रहेका छन् ।
अन्य सेवा प्रदायकका ग्राहकहरु पनि ३४ हजार ८ सय ४ जनाले बढेर १८ लाख ५४ हजार ६ सय ८० पुगेका छन् ।
इन्टरनेट/डाटा सेवा लिने ग्राहक
सेवा | असोजसम्म | कार्तिकसम्म | वृद्धि |
डायलअप | १४,८०६ | १०,५१९ | (४,२८७) |
वायरलेस मोडियम, अप्टिकल फाइवर इथरनेट | ६४,३०३ | ३७,१०६ | (२७,१९७) |
केवल मोडियम | ३४,२८० | ५२,८१४ | १८,५३४ |
एडीएसएल | १,३७,०५३ | १,३५,२७४ | (१७७९) |
जीपीआरएस, इडिजीइ, सीडीएमए | ८८,९४,७९२ | ९०,१९,८१३ | १,२५,०१२ |
सीडीएमए १एक्स, इभिडियो | १,९३,३१७ | १,९३,३१७ | ० |
वाइम्याक्स | १०,३०५ | १०,७४४ | ४३९ |
भिस्याट बेस्ड इन्टरनेट | १३ | १३ | |
कुल ग्राहक संख्या | ९३,४८,८५६ | ९४,५९,६०० | १,१०,७४४ |
जनसंख्याको हिस्सा | ३५.२८ प्रतिशत | ३५.७० प्रतिशत | ०.४२ प्रतिशत |
प्रतिक्रिया 4