+
+
Shares

बन्द हड्ताल विरुद्ध पोखरामा र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते १३:२६

४ माघ, कास्की । ‘बन्द सँधैका लागि बन्द गरौं’ भन्ने आह्वान गर्दै आइतबार बिहान पोखरामा शान्ति र्‍याली निकालिएको छ । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा र्‍याली निकालिएको हो ।

Rally-against-Band-at-Pokha

र्‍यालीमा पर्यटनसम्वद्ध संघसंस्था, आमा समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी थिए । र्‍यालीका सहभागीले ‘बन्द सँधैका लागि बन्द गरौं’, ‘बन्दको विकल्प खोजौं’, ‘समयमै संविधान जारी गरौं’, ‘पर्यटकीय क्षेत्रमा बन्द ह्डताल नगरौं’, ‘गरिखान देऊ’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

र्‍यालीले पोखराका मुख्य नगरक्षेत्र महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक, नयाँसडक र पृथ्वीचोक परिक्रमा गरेको थियो । चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा पुगी र्‍याली कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्नेहरुले बन्द र हड्तालका कार्यक्रम फिर्ता लिन र देशको हितलाई केन्द्रमा राखेर काम गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका थिए ।

कोणसभालाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, रेस्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, यातायात व्यवसायी गोकर्ण कार्की, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले सम्वोधन गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?