Comments Add Comment

वैद्यले सिठ्ठी बजाउँदा संविधानसभा रोकिएला ?

 

6 gata banda (6)

  • शान्तिबाटीकाबाट निकालिएको सिठ्ठी जुलुस

४ माघ, काठमाडौ । सडकमा गुडिरहेको गाडीलाई रोक्न परे वा कतै पठाउनुपरे ट्राफिकले सिठ्ठीको सहारा लिन्छन् । ट्राफिक प्रहरीले सिठ्ठी बजाएपछि यातायात साधन उनीहरुकै निर्देशनमा रोकिन्छन् वा चल्छन् ।

फुटवल खेल्दा होस् अथवा अन्य कुनै खेल खेल्दा एम्पायरले सिठ्ठी बजाएरै खेल रोक्ने वा अगाडि बढाउने गर्छन् । राजधानीमा फोहर उठाउने कर्मचारीले पनि टोल टोलमा सिठ्ठी बजाउँदै फोहोर बोलाउँछन् ।

समाजलाई थितिमा ल्याउनका लागि प्रयोग गरिने सिठ्ठी आजभोलि राजनीतिक पार्टीहरुले प्रयोग गर्न थालेका छन् । सिठ्ठी फुकेरै समाजका धेरै प्रक्रिया चल्ने भएकैले होला, राजनीतिक दलहरुले आन्दोलनमा पनि सिठ्ठी फुक्न थालेका हुन् ।

6 gata banda (5)

  • सिठ्ठी जुलुसमा सहभागीहरु

संविधान जारी गर्न तोकिएको माघ ८ को मिति नजिकिँदै गर्दा संविधानसभाको निर्वाचन नै बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आइतबार सडकमा सिठ्ठी फुकेर आन्दोलन गर्‍यो । सांकेतिक रुपमा बजाइएको सिठ्ठीले भन्दै थियो, ‘संविधान नबनाऊ ।’

वैद्य माओवादीसँगै मिलेर नेपाल बन्दको घोषणा गरेका एमाओवादी मोर्चा र पदमरत्न तुलाधरको मोर्चाले पनि सिठ्टी फुक्ने कार्यमा साथ दिए । चुनाव बहिस्कार गरेको बैद्य माओवादीले संविधानसभामा रहेको एमाओवादीलाई पनि सडकमा उतारेर सिठ्ठी फुक्न लगायो ।

काठमाडौको रत्नपार्क शान्तिबाटिकामा जम्मा भएका माओवादी र जनजाति कार्यकर्ताले मेसैसित सिठ्ठी बजाए । संविधान रोक्न भन्दै माओवादी कार्यकर्ताहरुले सडकमा सिठ्ठी बजाइरहँदा संविधानसभामा भने सभामुख सुभास नेम्वाङले संविधान छिटो सक्न सभासदलाई ‘सिठ्ठी’ फुकिरहेका छन् ।

दोस्रो संविधानसभाको निर्वाचन नै रोक्न देशभर बम बारुद पड्काएर आतंकित पार्दा समेत निर्वाचन गरेर गठन भएको संविधानसभाले संविधान बनाउने प्रक्रिया वैद्य माओवादीले सिठ्ठी फुकेकै कारण रोकिँदैछ वा बनिँदैछ, त्यो शायद सोमबार थाहा हुनेछ ।6 gata banda (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment