Comments Add Comment

वालिङ महोत्सव आजदेखि सुरु

८ माघ, वालिङ । स्याङ्जाको वालिङ बजारमा आजदेखि ‘वालिङ महोत्सव’ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले दिउँसो १ बजे महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष पुण्यप्रसाद अर्यालले जानकारी दिए । महोत्सव १८ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

Waling-Mahotsabस्थानिय स्तरमा उत्पादित घरेलु तथा औद्योगिक उत्पादन, कृषि तथा वनजन्य उत्पादनहरुको बजार प्रवर्द्धन गर्ने, समाजमा लुकेर रहेका प्रतिभाहरुको प्रफुष्टन गर्ने, स्थानिय कला संस्कृतिको प्रचार प्रसार गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवमा २०४ वटा स्टलहरु रहेको स्टल संयोजक यज्ञ अधिकारीले बताए । स्टल डेकुरेसन गर्ने काम सम्पन्न भइसकेको उनको भनाई छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको प्रचारप्रसार उपसमितिका संयोजक टीकाराम तिवारीले दाबी गरे ।

वालिङ खेल मैदानमा हुने महोत्सवमा खासगरी सुन्तला, ताजा तरकारी, अदुवा तथा जडिबुटी प्रर्दशनीमा राखिने छ । त्यस्तै, स्थानिय हस्तकलाजन्य उत्पादनहरु  समेत महोत्सवमा राखिएको आयोजकले जानकारी दिएको छ ।

विभिन्न उद्योगबाट उत्पादित दैनिक उपभोग्य वस्तु एवं खाद्यन्न सामान, कस्मेटिक तथा श्रृङ्गारका सामान, फेन्सी एवं कपडा, फर्निचर, विद्युतिय उपकरणहरु, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सूचना प्रविधि तथा सञ्चार, बैंक तथा वित्तिय संस्था, गोबर ग्याँस, हस्तकलाका सामान, अटोमोबाइल, स्टेशनरी, छालाका जुत्ता-चप्पल, डेरीजन्य पदार्थ लगायत महोत्सवमा राखिएको संघका अध्यक्ष पुण्यप्रसाद अर्यालले जानकारी दिए ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई समेत विशेष जोड दिइएको छ । जिल्लामा आयोजना गरिने महोत्सवहरुमा अवलोकनकर्ता आकषिर्त गर्न सांस्कृतिक कार्यक्रम आवश्यक हुने हुँदा यसमा विशेष जोड दिएको लोकदोहोरी कलाकार संयोजक घनश्याम रिजालले बताए ।

लोकदोहोरी गायक समेत रहेका रिजालका अनुसार महोत्सवमा पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, श्रमिला गुरुङ, घनश्याम रिजाल, रामजी खाँण, पशुपति शर्मा, खुमन अधिकारी, राजु गुरुङ, शिव हमाल, सम्झना लामिछाने, जानकी तारमी मगर लगायतका कलाकारले लोकदोहोरीको प्रस्तुती दिनेछन् ।

त्यसैगरि, महोत्सवमा तितोसत्यका दीपकराज गिरी, दिपाश्री निरौला, भद्रगोल टिम, स्थानियक कलाकार लगायतको हाँस्य प्रस्तुती रहने महोत्सवका सांस्कृतिक उपसमिति संयोजक अर्जुन खनालले जानकारी दिए ।

प्रमोद खरेल, रामकृष्ण ढकाल, रुपमक डोटेल लगायतका कलाकारले आधुनिक गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment