Comments Add Comment

सिभिल बैंकले ६ महिनामा साढे १७ करोड कमायो

Civil-Bank-LTD-९ माघ, काठमाडौं । सिभिल बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ३ करोड ३९ लाख रुपैयाँ कमाएको थियो । चालू आवको असोज मसान्तमा बैंक ९६ लाख रुपैयाँले घाटामा थियो ।

खुद व्याज आम्दानी बढेपछि बैंकको नाफा बढेको हो । गत आवको पुस मसान्तमा बैंकको खुद व्याज आम्दानी पनि ७८ प्रतिशतले बढेर ४२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट तीन करोड १२ लाख रुपैयाँ, फि-कमिसनबाट २ करोड ९४ लाख रुपैयाँ र अन्य आम्दानी तीन करोड २१ लाख रुपैयाँ गरेको छ ।

यो त्रैमासमा बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक) गरेको छैन । बैंकको खराब कर्जा केही बढेको शुक्रबार प्रकाशित वित्रीय विवरणमा उल्लेख छ । पुस मसान्तमा कूल कर्जाको १.९३ प्रतिशत खराब कर्जा छ ।

बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको छ । यी दुवै खर्च गरेर प्रशासनिक खर्च ४१ प्रतिशतले बढेर २१ करोड पुगेको छ । बैंकसँग हाल ५४ करोड ६३ लाख रुपैयाँ सञ्चिती छ ।

पुस मसान्तमा बैंकको कर्जा लगानी ३८ प्रतिशतले बढेर २१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निक्षेप भने २७ प्रतिशतले बढेर २३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

बैंकको व्याजको आधार दर ८.६७ छ भने स्प्रेड दर ४.२७ प्रतिशत छ ।  बैंकले रियल इस्टेट कर्जा १५ प्रतिशतले घटाएर १ अर्ब ५२ करोड रुपैयामा खुम्च्याएको छ । यो कूल कर्जाको ७.२० प्रतिशत हो ।  बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२२, प्रतिसेयर नेटवर्थ १ सय २० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment