Comments Add Comment

एप्पल प्रमुखले एक वर्षमै कमाए झण्डै २ अर्ब रुपैयाँ, बोनस मात्रै ९२ करोड

TimCookAppleCEO_large
अमेरिकी कम्पनी एप्पलका प्रमुख कार्यकारी टिम कुकका लागि गएको वर्ष स्न् २०१४ निकै फाप्यो । आफु समलिंगी भएको घोषणा गर्दै मिडियामा समेत चर्चा कमाउन सफल कुकले कम्पनीबाट करोडौँ बोनस हात पार्न सफल भए ।

समाचार अनुसार कुकले गएको वर्ष ९२ लाख डलर अर्थात् झण्डै ९२ करोड नगद बोनस प्राप्त गरेका छन् । सन् २०१३ को तुलनामा कुकले प्राप्त गरेको यो बोनस दोब्बर हो ।
एप्पलले गत वर्ष आफ्ना ठूलो आकारका दुइ नयाँ आइफोन, आइफोन सिक्स र सिक्स प्लसको बिक्रिबाट उच्च मुनाफा कमाउन सफल भयो । सोही कारण एप्पलका शेयरहोल्डर तथा कर्मचारीहरुलाई बोनसको रुपमा मोटो रकम हात पर्यो ।

स्मरण रहोस् सन् २०१४ मा ९२ लाख डलर बोनसको अतिरिक्त टिम कुकले १७ लाख डलर तलब र ६७ लाख डलर प्रोत्साहन भत्ताको रुपमा पाएका छन् । एप्पलले तय गरेको लक्ष्यको किर्तिमानी भंग गर्न सफल भएसँगै कुकले प्रोत्साहन भत्ता बापत ठूलो रकम कुम्ल्याउन सफल भएका हुन् । यति मात्र होइन कुकले हाकिमको रुपमा पाउने अन्य विभिन्न खर्चको भरपाइ बापत एप्पलबाट थप झण्डै १२ लाख डलर समेत पाएका छन् । यी सबै रकम जोड्दा टिम कुकले वर्ष सन् २०१४ मा झण्डै १ करोड ८८ लाख अमेरिकी डलर कमाएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment