+
+
Shares

स्पेनमा लडाकु विमान दुर्घटना, १० को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १३ गते १७:३२

१३ माघ, एजेन्सी। स्पेनमा लडाकू जेट विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।

spain_jet_crash_640x360_epaसैन्य अधिकारीहरुका अनुसार ग्रीक एफ १६ नामक विमान अर्को विमानसँग ठोक्किँदा १० जनाको मृत्यु भएको हो । मृतकमध्ये २ जना चालक दलका सदस्य छन् ।

चालकको गल्तीका कारण विमान दुर्घटना भएको स्थानीय सन्चार माध्यमहरुले जनाएका छन् ।

स्पेनको रक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये धेरैजसो विदेशी नागरिक छन् । सो विमान नेटो सैनिकले अभ्यासको लागि प्रयोग गरेका थिए ।

तस्वीर : एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?