Comments Add Comment

सुजुकीको किस्ताबन्दी अफरः मासिक चारदेखि ६ हजारमा बाइक चढ्न पाइने

Suzuki-Gixxer-Dynamic-shotsबाइक अफ दि इयर २०१५ को उपाधि बिजेता सुजुकी जिक्सर बाइक अब ६ हजार ५ सयको मासिक किस्ताबन्दीमा नेपाली उपभोक्ताले पाउने भएका छन् ।
नेपालमा सुजुकी मोटरसाइकल बिक्रि बितरण गरिरहेको बिशाल ग्रुपको भीजी अटोमोबाइल्सले किस्ताबन्दी अफर सुरु गरेको हो ।
जसअनुसार उपभोक्ताले ४७ हजार ३ सय ५६ रुपैयाँ डाउन पेमेन्ट (सुरुवाती भुक्तानी) गरेपछि मासिक ६ हजार ५ सय ७१ रुपैयाँको किस्ताबन्दीमा मोटरसाइकल चढ्न पाउनेछन् ।
यसैगरी सुजुकी लेट्स स्कुटी जम्मा ८ हजार ९ सय ९९ रुपैयाँ डाउन पेमेन्टमा मासिक ५ हजार ४ सय ४ रुपैयाँ किस्ताबन्दीमा उपलब्ध हुने छ ।
Suzuki-Lets-scoterअन्य लोकप्रिय मोडलहरु जस्तै सुजुकी सिलिङ सट मासिक ५४०४ रुपैयाँ, सिलिङसट एसइयु ५२६६ रुपैयाँ, जीएस १५०आर ६८२६ रुपैयाँ, हायात ४८५० रुपैयाँ र ५२३१ रुपैयाँमा मासिक किस्ताबन्दमिा स्वीच १२५ उपलब्ध हुनेछन् । यी सवै मोडलको बाइक लिन २५ हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ ।
‘मासिक किस्ताबन्दीको अफरले सुजुकी बाइक चढ्ने योजना बनाइरहनुभएका ग्राहकलाई निकै सहज हुने हाम्रो बिश्वास छ’ भीजी अटोमोबाइल्सका महाप्रबन्धक अधिरकुमार श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment