Comments Add Comment

बजाजले खोल्यो तम्घासमा नयाँ शो-रुम

Bajaj Tamghas Show-room
काठमाडौं । गुल्मीको सदरमुकाम तम्घासमा बजाज मोटरसाइकलको अत्याधुनिक शो-रुम खुलेको छ । सेल्स, सर्भिस र स्पेयर्स सेवासहितको सगरमाथा अटोमोबाइल्स नामक शो-रुमको बुधबार उद्घाटन गरियो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एच.एच बजाजले स्थानिय ग्राहकलाई आफ्नै ठाउँमा गुणस्तरीय सेवा उपलब्ध गराउन शो-रुम खोलेको जनाएको छ ।

शो-रुम सञ्चालमा ल्याएको अवसरमा कम्पनीले आकर्षक उपहार समेत घोषणा गरेको छ । बजाजका उप-महाप्रबन्धक चिरञ्जीवी शाहले तम्घासमा नयाँ शो-रुम खोल्न पाएकोमा हषिर्त भएको बताए ।

शाहले ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन कम्पनी सदैव तयार रहेको बताउँदै ग्राहकहरुको सन्तुष्टी नै आफुहरुको सन्तुष्टी भएको बताए । बजाजको पल्सर मोटरसाइकल ग्रामिण क्षेत्रमा निकै लोकपि्रय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment