Comments Add Comment

फोर्ड गाडीको मूल्य ३० हजारदेखि ३ लाखसम्म बढ्यो (मूल्य सूचीसहित)

Ford-Bumper-Upahar-programme-2
काठमाडौं । फोर्ड इन्डियाले भारतमा जनवरीदेखि गाडीको मूल्य बढाएपछि नेपालमा पनि मूल्य बढेर आएको छ । नेपालमा फोर्ड गाडीको न्यूनतम ३० हजार रुपैयाँ देखि तीन लाख रुपैयाँसम्म मूल्य बढेको बताइएको छ ।

कम्पनीले फिगो, इन्डेभर र इकोस्पोर्ट मोडलमा भाउ बढाएको फोर्डको नेपालका लागि अधिकृत बिक्रेता गो फोर्डले जानकारी दियो । फोर्डका क्लासिक, अल न्यू फियष्टा, अल न्यू र्‍याङ्गर, फोकस र कुगा मोडलमा भने भाउ बढाइएको छैन् ।

कम्पनीले सन् २०१५ का मोडलहरूमा मूल्य बढाएर पठाएको हो । कम्पनीका अनुसार फिगो (पेट्रोल) इएक्सआई मोडलको सबैभन्दा कम ३० हजार रुपैयाँ मूल्य बढेको छ भने इन्डेभरमा सबैभन्दा बढी तीन लाख रुपैयाँ मूल्य बढेको छ ।

मूल्य बढेपछि फिगो (पेट्रोल) इएक्सआईको मूल्य २१ लाख ८० हजार र इन्डेभर (३ हजार सीसी)को ८२ लाख रुपैयाँ पुगेको छ ।

फिगो पेट्रोल इञ्जिनमा इएक्सआई, जेडएक्सआई र टाइटनियम मोडलको मूल्य बढेको छ भने डिजेल इञ्जिनमा इएक्सआई मोडलको मात्र मूल्य बढेको छ । फोर्डको इन्टि्र लेभल कार फिगो नेपालमा अत्याधिक रुचाइएको कार हो । यहाँ यो मोडल २२ सयको हाराहारीमा बिक्री भइसकेको छ ।

इन्डेभर र इकोस्पोर्टका सबै भेरियन्टमा मूल्य बढेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार नेपाली बजारमा इन्डेभर तीन भेरियन्टमा उपलब्ध छ भने इकोस्पोर्ट १० वटा भेरियन्टमा उपलब्ध छ ।

एसयुभी सेगमेन्टको इकोस्पोर्ट नेपाली बजारमा सर्वाधिक रुचाइएको कार हो । अन्य कम्पनीका एसयुभी सेगमेन्ट भन्दा झण्डै आधा कम मूल्य भएको कारण बजारमा अत्यधिक माग भएको हो । कुगा फोर्डको सबैभन्दा महंगो कार हो । यसको मूल्य नेपालमा ९० लाख रुपैयाँ रहेको छ ।

फोर्डका आठवटा मोडलमा करिव ३६ वटा भेरियन्टहरु बिक्री वितरण हुँदै आएको छ । यसमा सबैभन्दा बढी भेरियन्ट फिगो, इकोस्पोर्ट र क्लासिक मोडलका रहेका छन् ।

 फोर्ड गाडीको नयाँ मूल्य सूचीford new rate

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment