१५ माघ काठमाडौं । ग्रान्ड बैंकलाई प्रभु बैंकले खरिद (एक्वायर) गर्ने समाचारसँगै ग्रान्ड बैंकको सेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।
बिहीबार एकैदिन ग्राण्ड बैंकको ३ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बैंकको सेयर मूल्य पनि एकैदिन ८ रुपैयाँले बढेको छ । बिहीबार सेयर कारोबार बन्द हुँदा बैंकको सेयर १ सय ८५ रुपैयाँ कारयम रहृयो । बुधबार बजार बन्द हुँदा बैंकको सेयरमुल्य १ सय ७७ रुपैयाँ कायम भएको थियो ।
बैंकको सेयर दिनभर नेप्सेमा न्यूनतम १ सय ७८ रुपैयाँदेखि अधिकतम १ सय ९१ रुपैयाँसम्ममा कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रभुको सेयरमा पनि आकर्षण बढ्यो
विगत केहीदिन यता प्रभु बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । बिहीबार प्रभुको सेयर मुल्य पनि ५ रुपैयाँले बढेको छ ।
न्यूनतम ३ सय रुपैयाँ र अधिकतम ३ सय १२ रुपैयाँमा किनबेच भएको बैंकको सेयर बजार बन्द हुँदा ३ सय ७ रुपैयाँ कायम रहृयो । बुधबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य ३ सय २ रुपैयाँ कायम रहेको थियो ।
बिहीबार बैंकका सेयर ३ करोड ४५ लाख रुपैयाँमा किनबेच भएका छन ।
नेप्सेमा ६५ करोडको कारोबार, डेढ अंकले घट्यो सूचक
बुधबारको तुलनामा बिहीबार नेप्से परिसूचक १.४१ अंकले घटेर ९ सय ८६.६६ अंकमा झरेको छ । वाणिज्य बैंक, विकास बैंक, इनस्योरेन्स र उत्पादनमूल समहुका सूचक घटेपछि त्यसले समग्र नेप्से परिसूचकलाई प्रभाव पारेको हो ।
यो दिन नेप्सेमा १ सय ४३ कम्पनीका १८ लाख ७६ हजार कित्ता सेयर ६५ करोड रुपैयाँमा किनबेच भएका छन ।
कून समूहको सूचक के ?
बिहीबारको कारोबारबाट वाणिज्य बैंक समूहको सूचक १.२६ अंकले घटेर ८ सय ७९ अंकमा झरेको छ । यो समुहको मात्रै २२ करोड ४१ ल्ाख रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी विकास बैंकको ३.५१ अंकले, बीमाको २२.४७ अंकले र उत्पादनमूलक समुहको सूचक २.७९ अंकले घटेका छन ।
त्यस्तै, होटल समुहको सूचक ३.५१ अंकले, जलविद्युत समुहको ४.१ अंकले, फाइनान्स समुहको ०.८७ अंकले बढेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया 4