१६ माघ, काठमाडौं । भारत उत्तरप्रदेशको राजधानी लखनउसँग सीमा जोडिएको उन्नाव जिल्लामा एक सय भन्दा धेरै मानव कंकाल भेटिएका छन् । यतिधेरै संख्यामा मानव कंकाल भेटिएपछि भारतमा तहल्का मच्चिएको छ ।
बर्षौंदेखि बन्द एउटा कोठा भित्र मानव कंकाल भेटिएको भारतीय अधिकारीहरुले बताएका छन् ।
- पुलिस लाइनबाट बरामद मानव कंकाल
कहाँबाट आए कंकाल ?
विहीबार साँझ स्थानीयले पुलिस लाइनको एउटा कोठामा नर कंकाल भेटिएको जानकारी प्रहरीलाई दिएका थिए । प्रहरीको टोली सो स्थानमा पुगेर हेर्दा कोठाभित्र २५ वटा बोरामा मानव कंकाल फेला परेको हो । त्यो कंकाल कहाँबाट कस्ले ल्यायो भन्नेबारे प्रहरी र सरकारी अधिकारीहरुले केही बताएका छैनन् ।
उन्नाव जिल्ला प्रमुखका अनुसार सो स्थानमा सन् २००८ तिर प्रहरी अस्पताल थियो । जहाँ कंकाल फेला परेका छन्, त्यो अस्पतालको ‘स्टोर रुम’ थियो । तर सो कोठा बर्षौंदेखि बन्द थियो ।
अस्पतालमा शवहरु परीक्षणका लागि ल्याइने गरिन्थ्यो । पुलिस अधिकारीका अनुसार परीक्षणपछि शवहरुलाई गाड्ने गरिन्थ्यो तर, किन स्टोर गरेर राखियो भन्ने कुरा रहस्यमय छ । अधिकारीहरुले यसबारे जाँचबुझ गर्ने जानकारी दिएका छन् ।
केही दिन अघि उन्नाव जिल्लाको गंगा नदी किनारमा शव फेला परेका थिए ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4