Comments Add Comment

मोदी सरकारलाई आपले हल्लाउन सक्छ : अन्ना हजारे

anna-hazare

१७ माघ, काठमाडौं । सामाजिक कार्यकर्ता अन्ना हजारेले नरेन्द्र मादी सरकारलाई हल्लाउन सक्ने क्षमता आम आदमी पार्टीमा रहेको बताएका छन् ।

पछिल्लो दिन चुनावका क्रमा भाजपाको एक विज्ञापन निकै चर्चामा छ, जसमा छापिएको एक कार्टुनमा ‘अन्ना’को तस्वीरमा हार चढेको देखाइएको छ ।

यसबारे सोधिएको प्रश्नमा अन्नाले कार्टुन नहेरी कुनै प्रतिक्रिया नदिने बताएका छन् । जब उनलाई कार्टुन देखाइयो, उनी खुलेर हाँसे । उनले चुनावपछि मात्र यसबारे कुरा गर्ने बताए ।

दिल्ली विधानसभाको चुनावलाई आपका संयोजक अरविन्द केजरीवाल र भाजपाकी किरण बेदीको भिडन्तका रुपमा हेरिएको थियो । दुबै एक समय अन्ना हजारेका सहयोगी थिए ।

मोदी रिकारको मोह भंग भएको भन्दै उनले भनेका छन्-‘मोदी सरकारलाई हल्लाउने तागत आमसँग छ ।’

समाजिक कार्यकर्ता हजारेले लोकपाल, लोकायुक्त र भूमि अधिग्रहरण कानुनका लागि छिट्टै दिल्लीमा आन्दोलन गर्ने बताए । उनले भने-‘भाजपा सरकारसँग मेरो मात्र होइन, देशका जनताको नै मोहभंग भएको छ । चनावअघि उनले एक पटक होइन, कयौं पटक बाचा गगरेका थिए तर, भ्रष्टाचार आज पनि जारी छ । कालो धन अझै फिर्ता भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment