- फाइल फोटो
१७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई १० अर्ब दिए आन्दोलन पनि नगर्ने दाबी गरेका छन् ।
एमाले पार्टी मुख्यालय बल्खुमा शनिबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको बैठकमा ओलीले भने-व्यवस्थापिका संसद रोकिएको थियो, त्यो खोल्न २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुल्यो ।’
माओवादीले आर्थिक वर्षको अन्त्यमा भएको रकमान्तर रोक्नु पर्ने लगायतका माग गर्दै यसअघि संसद अवरुद्ध पारेको थियो ।
एमाओवादी पैसामा विक्ने पार्टी भएको भन्दै एमाले अध्यक्ष ओलीले अघि थपे-‘उसको त्यस्तै हुन्छ कुरा । ५ देखि १० अर्ब दिन्छु भने संविधानसभा चल्छ, बाहिर उफ्रन बन्द हुन्छ ।’
एमाले अध्यक्ष ओलीले एमाओवादीले संविधान बनाउन नचाहेको र राजनीतिका नाममा तमासा गरिरहेेको बताए । उनले भने-संविधान बनाउने भएत बाहिर तोडफोड किन गथ्र्यो र ?’
संविधान निर्माण प्रक्रियामा अघि बढिसकेको भन्दै उनले अब नरोकिने बताएका छन् । सकेसम्म सहमतिमा गर्ने र नभए दुई तिहाई बहुमतका आधारमा संविधान जारी गर्ने ओलीले बताए ।
प्रतिक्रिया 4