१९ माघ, काठमाडौं । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले काभ्रेको बनेपामा शो-रुम खोलेको छ ।
महिन्द्राका युटिलिटी तथा पिकअप गाडिहरु रहने शो-रुमबाट सेल्स, सर्भिस र स्पेयर्स पार्टसको सुविधा उपलब्ध हुने बताइएको छ । शो-रुमबाट गाडि बिक्री गर्नेमात्र नभई ग्राहकहरुलाई ‘युनिक सपिङ एक्स्पेरियन्स’ दिने लक्ष्य रहेको कम्पनीका बरिष्ठ प्रबन्धक रामेश्वर महर्जनले बताए ।
महिन्द्राका नेपालभरिका सबै शो-रुम तथा सर्भिस सेन्टरबाट ग्राहकलाई कुनै पनि सेवा लिँदा सहजता महशुस हुने वातावरण निर्माण गरेको कम्पनीको दाबी छ ।
महिन्द्राले हालैमात्र नयाँ पुस्ताको महिन्द्रा स्कारपियो सार्वजनिक गरेको छ । जुन गाडी बनेपा शो-रुमको मूख्य आकर्षणका रुपमा रहने बताइएको छ । यसका साथै शो-रुममा महिन्द्रा एक्सयुभी ५००, महिन्द्रा क्वान्टो, महिन्द्रा पिकअप लगायतका गाडीहरु राखिएको छ ।
प्रतिक्रिया 4