Comments Add Comment

एउटै जग्गा दुई जनालाई बेचेपछि…

२० माघ, रौटहट । जमिन खरिद गरेपछि आफ्नो नाममा लालपुर्जा बनाउन मालपोत कार्यालयमा जोकाही पुग्नैपर्छ तर दिनहुँ भीडभाड हुने मालपोत कार्यालयमा जमिन पास गराउन पुगेपछि कार्यालयका कर्मचारी, लेखनदास र स्वयम् जग्गाधनीको मात्रै विश्वास गर्नु खरिदकर्ताको जीवनमा ठूलो भूल हुन सक्छ ।

रौतहटमा यस्तै घटना भएको छ । २०७० भदौ ११ गते शीतलपुर बैरगनिया गाविसको १० कट्ठा ६ धुर जमिन खरिद गरेकी सम्झना देवीले मालपोत कार्यालयको रजिस्ट्रेसन नम्बर ५९७ मा लिखत पास गरे पनि उनलाई जग्गाधनी रामएकवाल राय यादव र लेखनदास सुरेन्द्र साहले पछि दाखिला गरिदिने आश्वासन दिएर सोही जमिन शीतलपुर बैरगनिया १ का तेजनारायण यादव र रामईश्वर राय यादबबाट २०७० भदौ २८ गते रजिस्ट्रेसन नम्बर ३१९७ बिक्री गरेर श्रेस्ता कायम गरिर्दिपछि उनी १७ महिनापछि चकित परेको नेपाल समाचारपत्रमा खबरछ ।

भूमाफियाले जमिन बिक्रीको नाममा ठगी गरेको खुलेपछि उनले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले जग्गाधनी इनर्वा-१ निवासी रामएकवाल राय यादव, लेखनदास मर्यादपुर निवासी रामईश्वर राय यादवलाई पक्राउ गरी मुद्दा चलाएको छ । लेखनदासलाई पक्राउ गरेको विरोधमा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रौतहटले सोमबारबाट लेखनकार्य ठप्प पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment