+
+
Shares

सेमेस्टर प्रणालीबारे सुझाव लिन त्रिविले कार्यदल गठन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते १०:१९

२० माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले काठमाडौँ उपत्यकाका क्याम्पसमा पनि सेमेस्टर प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा सुझाव लिन विज्ञ र सरोकार पक्ष सम्मिलित कार्यदल गठनको तयारी गरेको छ ।

TU Logoयसै वर्षदेखि उपत्यकाका सम्बन्धनप्राप्त कलेजबाट सेमेस्टर प्रणालीमा शिक्षण गराउने तयारी गरेको विश्वविद्यालयले विद्यार्थी सङ्गठनको असहमतिका कारण हाललाई स्थगन गरी कार्यदल गठन गरी सुझाव लिने तयारी गरेको हो ।

शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अन्तक्रियामा विश्वविद्यालयका निमित्त रजिष्ट्रार देवराज अधिकारीले पूर्वाधार तयारी र विद्यार्थी सङ्गठनसँगको थप सहमतिका आधारमा सेमेस्टर प्रणालीलाई विस्तार गरिने बताए ।

उहाँले विश्वका धेरै मुलुकमा यो प्रणाली कार्यान्वयनमा आइसकेको तथा नेपालमा पनि अधिकांश विश्वविद्यालयमा यो प्रणाली भएकाले अब वार्षिक प्रणालीको शिक्षालाई विस्थापन गर्नुपर्ने बताए ।

त्रिविको सम्बन्धन प्राप्त उपत्यकाका निजी कलेजहरुको सञ्जालका संयोजक डा राजेन्द्रसिंह केसीले सेमेस्टर प्रणाली कार्यान्वयन गर्न आफूहरु तयार रहेको अवस्थामा विश्वविद्यालय एकाएक पछि हटेकोमा चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षाकाको आवश्यकता औंल्याए ।

नेपाल विद्यार्थी सङ्घका नेता नैनसिंह महर, अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतम, नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले पूर्वाधारको तयारी गरेर मात्रै सेमेस्टरमा जान आफूहरुले आग्रह गरेको जानकारी दिए ।

उपत्यकामा ३६ निजी कलेज सेमेस्टर प्रणाली लागु गर्ने तयारीमा रहेको पनि सो अवसरमा जानकारी दिइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?