Comments Add Comment

गुडिरहेको बसमा बम प्रहार, सातको मृत्यु

२० माघ, ढाका । बङ्गलादेशमा विपक्षीहरुले जारी राखेको आन्दोलनका गुडिरहेको बसमा बम प्रहार भएको छ । घटनामा सात जनाको मृत्यु भएको छ ।

महिना दिनयतादेखि जारी आन्दोलन हिंसात्मक भइसकेको छ । आम हड्तालका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । हड्तालमा बस चलाएको भन्दै मङ्गलबार गुडिरहेको बसमाथि बम प्रहार भएको छ । बसमा रहेका १६ जना जलेर घाइते भएका छन् ।

बङ्गलादेशको पूर्वी कोमिल्ला जिल्लामा घटना भएको हो । गुडिरहेको बसमा पेट्रोल बम प्रहार भएको स्थानीय प्रहरी अधिकारीहरूले बताएका छन् ।

घाइते भएका ११ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई राजधानी ढाकामा रहेको ढाका मेडिकल कलेजमा भर्ना गरिएको छ ।

विपक्षी नेत्री एवम् पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको दलले बङ्गलादेशमा विगत करिब महिनादिनदेखि नै आम हड्ताल जारी राखेको छ ।

वर्तमान प्रधानमन्त्री शेख हसिना सत्तामा आउने गरी भएको आमनिर्वाचन स्वच्छ र निश्पक्ष रुपमा हुन नसकेको भन्दै विपक्षी दलले सो निर्वाचन बहिस्कार गरेका थिए ।

आमनिर्वाचनको पहिलो वर्षदिन पूरा भएको अवसर पारेर विपक्षी दलले गत जनवरी महिनाको पहिलो हप्तादेखि सो आन्दोलन सुरु गरेका थिए । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment