+
+
Shares

अमेरिकामा एनआरएनएको सदस्यता सर्वाधिक

डिसी । गैरआवासीय नेपाली संघ (एनआरएन)को सदस्यता लिनेमा अमेरिकाका सवैभन्दा बढी रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १०:३४

nrna_logo_latestविजय थापा

डिसी । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सदस्यता लिने अमेरिकामा सवैभन्दा बढी रहेका छन् ।

एनआरएनए राष्ट्रिय समन्वय समिति अमेरिकाको २०१५ मा हुने निर्वाचनको लागि झण्डै १२ हजारले सदस्यता लिएका छन् ।  सदस्यता वितरण गर्ने अन्तिम म्याद जनवरी ३१ सम्म तोकिएको थियो । 

एनआरएनए अमेरिकाको निर्वाचनका लागि तोकिएको समयभित्र ११ हजार ९ सय ८८ जनाले सदस्यता लिएको एनआरएन अमेरिकाका संचार संयोजक कृष्ण केसीले बताए ।

पछिल्लो सदस्यता अनुसार विश्वभर रहेका गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समितिमध्ये अमेरिका सबै भन्दा बढी सदस्य भएको मुलुकमा परेको हो । यो गत वर्षको भन्दा तीन गुणा बढी सदस्य हो ।

एनआरएन सदस्य पहिचानका लागि

देशमा रोजगारीको अभावमा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरु गैरआवासीय नेपालीका रुपमा रहँदै आएका छन् । गैरआवासीय नेपाली भइसकेपछि नेपालीको पहिचानका लागि उनीहरु एनआरएनएमा आवद्ध हुन चाहेको एनआरएन अगुवाहरु बताउँछन् ।

एक पटकको नेपाली सधैको नेपाली भन्ने नाराले परदेशिएका नेपालीहरुलाई एक सुत्रमा बाँधेको अध्यक्ष खगेन्द्र जिसी बताउँछन् ।

यस्तै, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले अमेरिकामा छाता संगठनको खोजीमा भौतारिरहेका प्रवासी नेपालीले एनआरएनएले मात्रै नेपाल सरकार समक्ष आफूहरुको आवाज पुर्याउन सक्ने विश्वासमा एनआरएनमा आवद्ध हुन चाहेको बताए ।

एनआरएन अमेरिकाका महासचिब कृष्ण पोख्रेल एनआरएन नेपालभित्र या नेपाल बाहिर आम नेपालीको प्रतिनिधित्व गर्ने संस्थाको रुपमा स्थापित भएकै कारण अभूतपूर्व सदस्यतामा वृद्धि भएको बताउँछन् ।

आफूहरुले प्रचारप्रसार गर्न कुनै कसर नराखेकोले सदस्यता लिनेको लाइन लागेको एनआरएन अमेरिकाका संचार संयोजक कृष्ण केसीले बताए ।

न्यूयोर्कका संचारकर्मी सूर्य थापाले अमेरिकामा धेरै संघ तथा संस्थाको भीडमा एनआरएन मात्रै माउ संस्थाको रुपमा स्थापित भएको बताए । एनआरएन सदस्यमा भएको वृद्धिले अब अमेरिकाले एनआरएन आईसीसीमा नेतृत्व लिनु पर्ने थापाको भनाइ छ ।

अमेरिकामा करिब तीन लाखको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिएको छ । जसमध्ये एनआरएन सदस्यता लिएकाहरु न्यूयोर्कमा सबैभन्दा बढी छन् ।

न्यूयोर्कबाट मात्र तीन हजार एक सय ७४, क्यालिफोर्नियाबाट एक हजार सात सय ९९ सय र टेक्सासमा एक हजार चार सय ८८ जना एनआरएन सदस्य रहेको एनआरएन अमेरिकाका संचार संयोजक केसीले जानकारी दिए ।

तीन लाख जनसंख्याको अनुपातमा गत वर्ष १.९ प्रतिसतले सदस्यता लिएका थिए भने यो वर्ष झन्डै ४ प्रतिसत नेपालीहरुले एनआरएन अमेरिकाको सदस्यता लिएका छन् ।

अलास्का, अमेरिकन सामोया, ग्वामबाट भनेएक जनाले मात्र एनआरएन सदस्यता लिएका छन् भने १० भन्दा कम सदस्यता लिने अमेरिकाको १३ वटा राज्य छन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनमा अहिलेसम्म चार जनाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?