२१ माघ काठमाडौं । खुद व्याज आम्दानी १३ करोड रुपैयाँले बढेपछि चालू आर्थिक वर्षको पुस मसान्तमा बैंकको नाफा ७ करोड रुपैयाँले बढेर ५३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको पुसमा बैंकले ४५ करोड ९० लाख रुपैयाँ कमाएको थियो ।
खुद व्याज आम्दानी नै बैंकको नाफाको मुख्य आधार हो । गत वर्षको पुसमा ८३ करोड ३४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यो पुसमा ९३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
फि र कमिशनबाट हुने आम्दानी पनि गत वर्षको पुसको तुलनामा यो पुसमा पाँच करोड रुपैयाँले बढेर २२ करोड ७१ ल्ाख रुपैयाँ पुगेको बुधबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।
यो पुसमा संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको १ करोड ६१ लाख रुपैयाँ फिर्ता -राइटव्याक) गरेको छ । गत वर्षको पुसमा ६ करोड ६२ लाख रुपैयाँ राइटव्याक गरेको थियो ।
कूल कर्जामा खराक बर्जाको अनुपात ०.३२ प्रतिशतबाट घटेर ०.२२ प्रतिशतमा झरेको वित्तीय विवरणमा उल्लेख छ । त्यस्तै, गत वर्षको पुसमा ६.२० प्रतिशत रहेको स्प्रेड दर यो पुसमा ५.३४ प्रतिशतमा झरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १ सय ७४ रुपैयाँ छ ।
एक वर्षको अवधिमा बैंकको निक्षेप संकलन १ अर्ब रुपैयाँले मात्रै बढेको छ भने कर्जा विस्तार करिब ७ अर्ब रुपैयाँले बढेको छ । कर्जा प्रवाह बढेपछि बैंकको व्याज आम्दानी बढेको हो ।
२०७० पुस मसान्तमा ५६ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले ०७१ पुस मसान्तमा ५७ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ५ करोड ६ भने सञ्चित कोष २ अर्ब २८ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । यो भारतीय संयुक्त लगानीमा सञ्चालित बैंक हो ।
प्रतिक्रिया 4